Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, असोज २८ गते ।

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत लिने प्रक्रिया अघि बढाउनु अघि नै पदबाट राजीनामा दिएका छन् ।

मंगलबार प्रदेशसभाको बैठकमा सम्बोधन गर्दै उनले वर्तमान राजनीतिक परिस्थितिमा मार्ग प्रसस्त गर्नुपर्ने भन्दै मुख्यमन्त्री पदबाट राजीनामा गर्ने घोषणा गरे ।

सभामुख रामचन्द्र मण्डलले मुख्यमन्त्री सिंहले नेपालको संविधानको धारा १८८ को उपधारा (२) तथा प्रदेशसभा कार्यसञ्चालन नियमावली २०७५ को नियम १४३ को उपनियम (४) अनुसार व्यक्तव्यसहित राजीनामाको घोषणा गरेको जानकारी दिएका छन् ।
सभामुखले राजीनामा घोषणा भइसकेकाले अब विश्वासको मतको प्रक्रिया आवश्यक नहुने स्पष्ट पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *