सामाजिक फीड
जनकपुरधाम, असोज ३१ गते ।
धनतेरसअघि सुनचाँदीको भाउ आकाशियो, सुन प्रतितोला २ लाख ५८ हजारमा- हालसम्मकै उच्च मूल्य
धनतेरसको पूर्वसन्ध्यामा नेपाली बजारमा सुनचाँदीको मूल्य आकस्मिक रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार रुपैयाँ तोकेको छ, जुन हालसम्मकै सर्वाधिक मूल्य हो। अघिल्लो दिनको तुलनामा एकैदिनमा ७ हजार १ सय रुपैयाँको वृद्धिसँगै सुन खरिद गर्न चाहने ग्राहकहरूलाई झिनो झटका लागेको छ।
गत एक महिनामा मात्रै सुनको मूल्य ४३ हजार रुपैयाँले बढेको छ। भदौ ३० गते सुन प्रतितोला २ लाख १५ हजार रुपैयाँमा कारोबार भएको थियो।
धनतेरस हिन्दू धर्मावलम्बीहरूका लागि समृद्धिको प्रतीक मानिने पर्व हो, जसमा सुनचाँदी लगायतका बहुमूल्य धातु किन्ने चलन छ। यस्तोमा सुनको मूल्यमा आएको यो तीव्र वृद्धि उपभोक्ताको बजेटमा असर पार्न सक्ने देखिन्छ।
सुनको मूल्यवृद्धि अन्तर्राष्ट्रिय बजारको असरले भएको हो। हाल अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ४३७० अमेरिकी डलर हाराहारीमा पुगेको छ। एक औंस बराबर २.४३ तोला हुन्छ।
सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। शुक्रबार चाँदीको भाउ प्रतितोला ८८३ हजार ३५० रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिनको मूल्य ३ हजार २७५ रुपैयाँ भन्दा ७५ रुपैयाँले बढी हो।
फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।