सामाजिक फीड
जनकपुरधाम, असोज २९ गते ।
मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका प्रदेशसभा सदस्य जितेन्द्र प्रसाद सोनार (सोनल) को नेतृत्वमा सरकार गठनका लागि छ दलले दावी पेश गरेको छ ।
जनमत पार्टीको तर्फबाट मुख्यमन्त्री रहेका सतिशकुमार सिंहले मंगलबार विश्वासको मत लिनुअघि पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन ।
बुधबार दिउँसो ४ बजेसम्मको समय निर्धारण गरिएकोमा ६ दलले ५७ जना प्रदेशसभा सदस्यहरुको समर्थनसहित दावी पेश गरेको हो ।
जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, माओवादी केन्द्र, लोसपा, नेकपा एस र नागरिक उन्मुक्ति पार्टीले नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम मधेस प्रदेश सरकार गठनका लागि आह्वान भएकोमा दावी पेश गरेको हो ।

फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।