सामाजिक फीड
जनकपुरधाम, असोज ३० गते ।
नवगठित मधेश सरकार नैतिक संकटमा परेको छ । बुधबार पाँचदलको ५६ जना सांसदको समर्थनमा लोसपा नेता जितेन्द्र सोलन मुख्यमन्त्री नियुक्त भएका छन् । संविधानाको धारा १६८ को उपधारा २ बमोजिम बुधबार साँझ उनलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । आजै नवनियुक्त मुख्यमन्त्री सोनलले प्रदेश प्रमुख भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका छन् ।
उनलाई जसपाका १९, जनमतका १३, नेकपा माओवादी केन्द्रका ९, लोसपाका ८ र नेकपा एकीकृत समाजवादीका ७ सांसदको उनलाई समर्थन छ । तर संयोग उनले सरकारको लागि दावी पेश गरेकै दिन जनमतका दुईजना सांसद जनस्वराज पार्टीमा सनाखत गरेका छन् । निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंह र पूर्व वनमन्त्री त्रिभुवन साह जनकपुर स्थिति निर्वाचिन कार्यालयमा पुगेर जनस्वराज पार्टीमा सनाखत गरेका छन् । निर्वाचन आयोले अहिले आधिकारिकता नदिएपनि दुई संख्या अहिले तटस्थ छ । निवर्तमान मुख्यमन्त्री सतिश सिंहले जनस्वराज पार्टी अहिले तटस्थ अवस्थामा रहेको र निर्वाचन कार्यालयबाट बैधता प्राप्त भएपछि मधेश प्रदेशसभामा दलको दावी गर्ने बताए ।
जनस्वराजका केन्द्रीय अध्यक्ष इन्जिनियर दिपीककुमार साहले आफ्नो पार्टी अहिले तटस्थ अवस्थामा रहेको बताए । यसबारे दलभित्र छलफल गरेर समर्थन गर्ने वा नगर्ने विषयमा निर्णय गर्ने भनाइ छ ।
‘हाम्रो दल अहिले तटस्थ अवस्थामा छ । हामीले छलफल गरेर मात्र के गर्ने निर्णय गर्छौं’ उनले भने । यधपी आज उनले सामाजिक संजालमा एउटा समाचार लिंक सेयर गर्दै मधेशवादी दलका सरकारप्रति आफ्नो सहानभूति रहेको प्रकट गरेका छन् । त्यसलाई कतिपयले वर्तमान नवगठित सरकारलाई जनस्वराज पार्टीको समर्थनको रुपमा बुझिरहेका छन् । तर अध्यक्ष साहले सहानभूति प्रकट आफ्नो निजी बिचार मात्र भएको स्पष्ट पारे ।
अर्को संयोग मुख्यमन्त्री नियुक्त भएर सोनल आज दिउँसो विश्वासको मत लिरहेका बेला नै जसपा नेपालका सांसद सरोज सिंह कुशवाहामाथि अख्तियारले भ्रष्टार मुद्दा दायर गरेको छ । उनी पक्राउ परेका छन् । संसदीय विकास कोष रकममा भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले उनीमाथि मुद्दा दायर गरेको हो । मुद्दा दायरसँगै सांसद कुशवाहाको सांसद पद स्वतः निलम्वित भएको छ । यो अब अख्तियारले प्रदेश सभालाई औपचारिक जानकारी गराउन मात्र बाँकी छ । यो संगै सोनलले मुख्यमन्त्री नियुक्तका लागि दावी पेश गरेको ५६ बाट तीन सांसदको संख्या घटेको छ । १०७ सदस्य मधेश प्रदेशसभामा सरकारका लागि आवश्यक बहुमत ५४ आवश्यक पर्छ । यधपी नागरिक उन्मुक्ति पार्टीले उनलाई समर्थन दिने भनेको छ । सरकार नैतिक संकटमा परेको कारण नेकपा माओवादी केन्द्र सरकारमा सहभागी भएन । एक सांसले भने सरकार नैतिक संकटमा परेको कारण पर्ख र हेरको स्थितिमा माओवादी केन्द्र रहेका छन् । ‘सरकार नैतिक संकटमा परेको छ । अहिले नै सरकारमा सहभागी भए भोलि ढल्यो भने संदेश राम्रो जाँदैन । त्यस करण हाम्रो दल पर्ख र हेरको स्थितिमा छ’ ती सांसदले भने ।
जनमत र एकीकृत समाजवादी सरकारकमा विना विभागीय मन्त्री लिएर सहभागी भएको छ । जनमतबाट संसदीय दलका नेता महेश प्रसाद यादव र एकीकृत समाजवादीबाट कनिष पटेलले विना विभागीय मन्त्री बनेका छन् ।
जसपा नेपाल आफ्नो मधेश प्रदेश अधिवेशनमा रहेको कारण सरकारमा सहभागी भएको छैन । उसले अधिवेशन पश्चात मन्त्री टुंग्याएर पठाउने बताएको छ ।

फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।