Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, असोज ३० गते ।

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले पद तथा गोपनीयताको शपथ लिएका छन्।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले एक विशेष समारोहका बीच मुख्यमन्त्री सोनललाई शपथ गराएकी हुन्।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता सोनल पाँच दलका ५६ सांसदहरूको समर्थनमा बुधबार साँझ मुख्यमन्त्री नियुक्त भएका थिए।

उनी नागरिक उन्मुक्ति पार्टीको एक सिटको समर्थनसहित पदमा नियुक्त भएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *