Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, असोज ३० गते ।

जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेश प्रदेशसभा सदस्य सरोजकुमार सिंह कुशवाहा पुनस् पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सांसद विकास कोषको रकम दुरुपयोग गरेको आरोप खेप्दै आएका उनलाई पक्राउ गरेको हो ।
सांसद विकास कोषको रकमबाट ३७ प्रतिशतसम्म कमिसन आफ्नो खातामा हालेको उनीमाथि आरोप छ ।
मधेस प्रदेशको पूर्वगृहराज्यमन्त्री समेत रहेका उनलाई यसअघि पनि पक्राउ गरिएकोमा तारेखमा छुटेका थिए ।
विशेष अदालतमा मुद्दा दर्ता गर्ने प्रयोजनका लागि अहिले भने उनलाई पक्राउ गरिएको अख्तियार स्रोतले बतायो ।
अख्तियारले महोत्तरी क्षेत्र नम्बर–४ (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित उनको घरमा १२ जेठमा छापा पनि मारेको थियो । त्यसबेला उनका स्वकीय सचिव विनोदकुमार लाल कायस्थ समेत पक्राउ परेका थिए ।
घरबाट अनुसन्धान अधिकारीहरुले विभिन्न योजनाका कागजातहरु बरामद गरेका थिए भने मोबाइल समेत नियन्त्रणमा लिएर डिजिटल फरेन्सिक जाँचका लागि पठाइएको थियो ।
कुश्वाहा यसअघि जेठ २० गते काठमाडौंको अनामनगरबाट पक्राउ परेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *