Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, असोज ३० गते ।

निर्वाचन आयोगले आगामी फागुन २१ गते तय भएको निर्वाचनको तयारीको विषयमा आज राजनीतिक दलका प्रतिनिधिहरुसँग छलफल गर्दैछ ।
आज बिहान साढे ११ बजे आयोगको कार्यालय कान्तिपथमा छलफल हुनेछ ।
संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गरेका दलहरुलाई छलफलमा बोलाइएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जनाएका हुन् । २९ राजनीतिक दललाई पत्र लेखेर प्रमुख वा प्रतिनिधि पठाइदिन भनिएको छ ।

‘भट्टराईले निर्वाचन आयोगमा दर्ता भएका र कुनै पनि वडास्तरमा एक जना मात्र जनप्रतिनिधि चुनिएको भए पनि निर्वाचन आयोगमा छलफल र राय परामर्शका लागि पत्र पठाइएको बताए ।
आज हुन लागेको छलफलमा आयोगको निर्वाचनको तयारीका सन्दर्भमा प्रशासनिक काम र निर्वाचन तालिकाबारे जानकारी गराउने उनले बताए ।
‘हामीले आज हाम्रो तयारीबारे जानकारी दिने र दलहरुबाट सकेसम्म धेरै सल्लाह सुझाव लिने गरी तयारी गरेका छौं’, उनले भने ।

गत भदौ २३ र २४ गते भएको जेनजी युवा आन्दोलपछि अन्तरिम सरकारले प्रतिनिधि सभा विघटन गरी आगामी फागुन २१ गते निर्वाचन गर्ने निर्णय गरेको छ ।
आयोगले निर्वाचनमा सहभागी हुन चाहने नयाँ दललाई कात्तिक मसान्त अगावै दल दर्ता गरेर प्रमाणपत्र लिइसक्न भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *