Samajik Feed – News Portal from Nepal

असारे खर्च रोक्न मधेश सरकारको कडाइ, यी शीर्षकमा बजेट कटौती

सामाजिक फीड– जनकपुरधाम, जेठ २७  गते । वित्तीय सन्तुलन कायम राख्ने तथा आर्थिक वर्षको अन्त्यतिर हुने ‘असारे खर्च’ नियन्त्रण गर्ने उद्देश्यले मधेश प्रदेश सरकारले विभिन्न शीर्षकमा विनियोजित बजेट कटौती र रोक्का गर्ने निर्णय गरेको छ। अर्थ मन्त्रालयले जारी गरेको संशोधित परिपत्रमार्फत प्रदेशका मन्त्रालय, सचिवालय, आयोग, प्रतिष्ठान तथा अन्य निकायलाई खर्च नियन्त्रणसम्बन्धी निर्देशन दिएको हो। निर्णयअनुसार मसलन्द तथा […]

पाकिस्तानको अफगानिस्तानमा हवाई आक्रमण, ११ बालबालिकासहित १३ जनाको मृत्यु

सामाजिक फीड– जनकपुरधाम, जेठ २७  गते । पाकिस्तानले मंगलबार राति अफगानिस्तानका विभिन्न क्षेत्रमा हवाई आक्रमण गरेको छ। तालिबान सरकारका अनुसार उक्त आक्रमणमा १३ जनाको मृत्यु भएको छ, जसमा ११ बालबालिका, एक महिला र एक वृद्ध व्यक्ति रहेका छन्। साथै १४ जना महिला घाइते भएका छन्। तालिबान सरकारका प्रमुख प्रवक्ता जबीहुल्लाह मुजाहिदले पाकिस्तानले अफगानिस्तानको हवाई क्षेत्र उल्लंघन गर्दै […]

सप्तरीमा १६ वर्षीया बालिकामाथि जबरजस्ती करणी आरोपमा बालक पक्राउ

सामाजिक फीड– जनकपुरधाम, जेठ २७  गते । मधेश प्रदेशमा पछिल्ला वर्षहरूमा बालबालिकामाथि हुने यौन हिंसाका घटनामा वृद्धि देखिएको बेला यस्ता अपराधमा बालकहरूको समेत संलग्नता देखिन थालेको छ। यसैक्रममा सप्तरी प्रहरीले १६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक बालकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार कञ्चनरूप नगरपालिका–८, कञ्चनपुर बेरियर चोकका एक बालकलाई पक्राउ गरिएको हो। […]

हरियाणामा बन्धक बनाइएका महोत्तरीका १६ जनाको उद्धार, सबैलाई घर ल्याइँदै

सामाजिक फीड– जनकपुरधाम, जेठ २७  गते । राम्रो रोजगारी, आकर्षक तलब र सुखद भविष्यको आशामा भारत पुगेका महोत्तरीको बर्दिबास नगरपालिका–१४ स्थित एकीकृत नमुना मुसहर बस्तीका १६ जना नेपाली श्रमिक भारतको हरियाणा राज्यमा बन्धक बनाइएपछि उद्धार गरिएका छन्। उद्धार गरिएकामध्ये पुरुष, महिला तथा बालबालिका समेत रहेका छन्। आफन्त इण्डियाको सहकार्य, नयाँ दिल्लीस्थित नेपाली दूतावासको समन्वय तथा इलाका प्रहरी […]

एउटा चुनाव हारेलगत्तै अर्को चुनाव लड्न नपाउने प्रस्ताव, चुनाव हारेर समानुपातिक वा राष्ट्रियसभाबाट सांसद बन्न नपाउने

सामाजिक फीड– जनकपुरधाम, जेठ २६  गते । एउटा चुनाव हारेलगत्तै अर्को चुनाव लड्ने, प्रत्यक्षतर्फ पराजित भएपछि समानुपातिक सूची वा राष्ट्रियसभामार्फत पुनः सत्तामा पुग्ने नेताहरूको बढ्दो प्रवृत्तिलाई रोक्न निर्वाचन आयोगले कडा कानुनी व्यवस्था प्रस्ताव गरेको छ। आयोगले तयार पारेको निर्वाचनसम्बन्धी एकीकृत कानुनको मस्यौदाअनुसार संघ, प्रदेश वा स्थानीय तहको निर्वाचनमा पराजित व्यक्ति सम्बन्धित पदको कार्यकाल पूरा नभएसम्म अन्य कुनै […]

आजबाट रास्वपाको प्रदेश अधिवेशन सुरु, मधेशको अधिकांस जिल्लाको अधिवेशनमा विवाद

सामाजिक फीड– जनकपुरधाम, जेठ २६  गते । मधेश प्रदेशका अधिकांस जिल्लाहरुमा अधिवेशन नहुँदै राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को प्रदेश अधिवेशन सुरु भएको छ । आज बागमती प्रदेश अधिवेशन हेटौंडामा हुँदैछ। यस लगतै मधेश सहित अरु प्रदेशका अधिवेशन समेत गर्ने तयारी छ । प्रथम राष्ट्रिय महाधिवेशनको तयारी स्वरूप सुरु गरेको जिल्ला अधिवेशन ५६ जिल्लामा सम्पन्न गरेको छ […]

मधेशको जनलोकपाल आयोगमा नियुक्त भएका झा हत्याका अभियुक्त, होटेलमा यौनव्यसाय चलाएको पनि आरोप

सामाजिक फीड– जनकपुरधाम, जेठ २५  गते । मधेश प्रदेश सरकारले जनलोकपाल आयोगको सदस्यमा नियुक्त गरेको सञ्जीव कुमार झा हत्याका अभियुक्त रहेको पाइएको छ । झा महोत्तरीको रामगोपालपुर नगरपालिका २ का अध्यक्ष मुकेश यादवको हत्या आरोपमा पुर्पक्षमा जेल सजाय भोगेर साधारण तारेखमा रिहा भएका अभियुक्त हुन्। वडाध्यक्ष यादवको हत्या आरोपमा झासँगै दिलिप मण्डललाई २०८१ कात्तिक ६ गतेका […]

विवाद चर्किएपछि महोत्तरी र सर्लाहीमा रास्वपाको जिल्ला अधिवेशन रोकियो, सिरहामा चुनाव हुँदै

सामाजिक फीड– जनकपुरधाम, जेठ २५  गते । विवाद चर्किएपछि महोत्तरी र सर्लाही दुबै जिल्लाको राष्ट्रिय स्वतन्त्र पार्टीको अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ । महोत्तरीमा दोस्रो सत्रको निर्वाचन प्रक्रिया अगाडि बढाउने क्रममा विवादित पक्षबीच छलफल गराउँदा समेत सहमति नभएपछि अधिवेशन स्थगित गरिएको हो। शनिबारदेखि जलेश्वरमा जिल्ला अधिवेशन सुरु भएकोमा दोस्रो दिन बन्दसत्रमा पनि दुई पक्षबीच सहमति […]

जनकपुर सहित मधेश प्रदेशका बजारमा विषादी प्रयोग गरी पकाइएका आँप छ्यापछ्याप्ती, स्वास्थ्यमा पार्छ यतिसम्म असर

सामाजिक फीड– जनकपुरधाम, जेठ २२  गते । जनकपुर सहित मधेश प्रदेशका बजारहरुमा व्यापक विषादी प्रयोग गरी पकाइएका आँप छ्यापछ्याप्ती रुपमा बिक्री वितरण भइरहेको पाइएको छ । सरोकारवाला निकायले अनुगमन नगर्दा व्यापारी विषादी प्रयोग गरिएका आँप महङ्गोमा बिक्री गरिरहेका छन् । अहिले व्यापारीले पाक्नुभन्दा अघिनै रूखबाट आँप टिप्ने र विषादी प्रयोग गर्ने क्रम चलिरहेको छ। विषादी प्रयोग […]

मधेश प्रदेशमा अत्याधिक गर्मीले विद्यार्थी बेहोस हुने क्रम बढ्दो, आजबाट तीनदिन तातो हावा चल्ने

सामाजिक फीड– जनकपुरधाम, जेठ २२  गते । मधेश प्रदेशका आठवटै जिल्लामा आजबाट तीनदिन तातो हावा चल्ने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरी जिल्लामा आगामी तीन दिनसम्म विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । तातो लहरको प्रभावबाट बच्न दिउँसोको समयमा सकेसम्म घरभित्र वा चिसो स्थानमा बस्न, […]