जनकपुरधाममा एकजना लैंगिक तथा यौनिक अल्पसंख्यकको शव फेला

सामाजिक फीड-जनकपुरधाम, माघ २८ गते जनकपुरधाममा आज बिहान एकजना लैंगिक तथा यौनिक अल्पसंख्यकको शव फेला परेको छ । धनुषाको जनकपुरधाम उपमहानगरपालिका १७ तेतरियामा सडक छेउमा शव फेला परेको धनुषाका प्रहरी उपरीक्षक रुगमबहादुर कुँवरले जानकारी दिए । प्रहरी उपरीक्षक कुँवरका अनुसार सलले घाँटी कसेको अवस्थामा शव फेला परेको हो ।घटनास्थल र शवको प्रकृति हेर्दा कसैले हत्या गरेको […]
धनुषा ३ मा राष्ट्रिय मुक्ति पार्टी नेपालका राजीव झाले गरे रास्वपामा प्रवेश,मनिष झालाई समर्थन

सामाजिक फीड-जनकपुरधाम, माघ २८ गते धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय मुक्ति पार्टी नेपालबाट उम्मेदवार रहेका राजीव कुमार झा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उम्मेदवार मनिष झालाई समर्थन गर्दै पार्टीमा प्रवेश गर्न लागेका छन्। राष्ट्रिय मुक्ति पार्टीका उपाध्यक्षसमेत रहेका झाले आफू लामो समयदेखि मधेसको राजनीतिमा सक्रिय रहेको र अहिले मधेसी प्रधानमन्त्री बन्ने अवसर रहेकाले आफ्नो तर्फबाट […]
फागुन ३ देखि १७ गतेसम्म देशभरका वडामा मतदाता शिक्षा स्वंसेवक परिचालन गरिने

सामाजिक फीड-जनकपुरधाम, माघ २८ गते । आगामी फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई थप भव्य र व्यवस्थित बनाउन मतदाता शिक्षा विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ।निर्वाचन आयोगले मतदान प्रक्रियालाई सहज, सरल बनाउन, बदर हुने प्रतिशत घटाउनका लागि आगामी फागुन ३ गतेदेखि १७ गतेसम्म देशव्यापी रुपमा सो कार्यक्रम सञ्चालन गर्न लागेको हो। देशभरका ७५३ वटै […]
कांग्रेस मधेश प्रदेशका कोषाध्यक्ष प्रदीपकुमार यादवको निधन, शीर्ष नेताद्वारा श्रद्धाञ्जली

सामाजिक फीड-जनकपुरधाम, माघ २७ गते । मस्तिष्क घातबाट निधन भएको नेपाली कांग्रेस मधेश प्रदेशका कोषाध्यक्ष, हंसपुर नगरपालिकाका नगर प्रमुख तथा मधेश प्रदेश नगरपालिका संघका अध्यक्ष प्रदीप कुमार यादवप्रति नेपाली कांग्रेसका शीर्ष नेताहरूले श्रद्धाञ्जली अर्पण गरेका छन् । नेपाली कांग्रेस मधेश प्रदेशका सभापतिसमेत रहेका मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्ण प्रसाद यादव, कांग्रेस नेता विमलेन्द्र निधि, महेन्द्र यादव, […]
तामाकोशी नदीमा बस दुर्घटना : मृतक संख्या ९ पुग्यो, खोजी जारी

सामाजिक फीड-जनकपुरधाम, माघ २७ गते । रामेछापस्थित तामाकोशी नदीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ९ पुगेको छ। रामेछापका प्रमुख जिल्ला अधिकारी (सीडीओ) श्यामकृष्ण थापाले मृतक संख्या ९ पुगेको जानकारी दिएका छन्। सीडीओ थापाका अनुसार दुर्घटनास्थलमा खोजी गर्ने क्रममा थप तीन जनाको शव फेला परेको हो। यसअघि उपचारका क्रममा अस्पतालमा छ जनाको मृत्यु भएको थियो भने […]
सिरहा कारागार रातभर अशान्त

सामाजिक फीड-जनकपुरधाम, माघ २७ गते । सिरहा कारागारबाट पेस्तोल, गोली र नगदसहित कारागारका नाइके पक्राउ परेपछि उत्पन्न विवाद अझै मत्थर हुन सकेको छैन । २० घन्टाभन्दा बढी समय बितिसक्दा पनि कारागारको अवस्था शान्त हुन सकेको छैन ।गोप्य सूचनाका आधारमा सोमबार बिहान करिब ११ बजे गरिएको विशेष सर्च अपरेसनका क्रममा कारागारका नाइके इन्द्रजित यादवको कोठाबाट एक […]
वीरगञ्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गरेको आरोपमा चारजना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, माघ २७ गते । वीरगञ्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गरेको आरोपमा चारजना पक्राउ जनकपुरधाम । पर्साको वीरगञ्जमा सशस्त्र प्रहरी सहितको टोली अवैध गोदाममा छापा मार्न जाँदा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार वीरगञ्ज भन्सार कार्यालय र सशस्त्र प्रहरी बलले वीरगञ्जको आदर्शनगरथित अवैध गोदाममा छापा मार्न जाँदा स्थानीय व्यापारी […]
वीरगञ्जमा सशस्त्र प्रहरी र व्यापारीबीच झडप

सामाजिक फीड-जनकपुरधाम, माघ २६ गते । सशस्त्र प्रहरी बल नेपाल र वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीले वीरगञ्ज महानगरपालिका-१० आदर्शनगरमा रहेको एक गोदाममा छापा हानेको छ ।राजस्व छलीको सूचनापछि छापा हान्दा व्यापारी र सुरक्षाकर्मीबीच झडप भएको हो । झडपमा परेर तीनजना सशस्त्र प्रहरी घाइते भएका छन् । सशस्त्रसहितको टोली विशेष सूचनाका आधारमा आदर्शनगरमा प्रमोद कुमार कानुले […]
सहजा खोलाको पुल अलपत्र, हुलाकी सडक अवरुद्ध गर्दै स्थानीय आन्दोलनमा

सामाजिक फीड-जनकपुरधाम, माघ २६ गते । हुलाकी राजमार्ग अन्तर्गत सिरहाको औरही गाउँपालिका–४ स्थित सहजा खोलामा निर्माणाधीन पुल वर्षौंदेखि अलपत्र परेपछि स्थानीयवासी आन्दोलनमा उत्रिएका छन्। पुल नहुँदा बारम्बार दुर्घटना भएर ज्यान गुमाउनुपरेको भन्दै स्थानीयले आज बिहान अधुरो पुलकै अगाडि प्रदर्शन गर्दै हुलाकी सडक अवरुद्ध गरेका हुन् । प्रदर्शनका क्रममा स्थानीयले ठेकेदार, प्रशासन र सम्बन्धित निकायविरुद्ध चर्को […]
परिक्रमा यात्री पुग्ने दिन महोत्तरीको विभिन्न पडावस्थल वरिपरि मासु तथा मदिराजन्य पदार्थको बिक्रीवितरणमा रोक

सामाजिक फीड-जनकपुरधाम, माघ २६ गते । मिथिला माध्यमिकी परिक्रमालाई लक्षित गर्दै महोत्तरी प्रशासनले विभिन्न पडावस्थलमा मासु तथा मदिराजन्य पदार्थको बिकी वितरण र सेवनमा रोक लगाएको छ ।जिल्ला सुरक्षा समितिको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय महोत्तरीले मिथिला माध्यमिकी परिक्रमालाई मर्यादित, शान्तिपूर्ण र धार्मिक वातावरणमा सम्पन्न गराउने उद्देश्यले परिक्रमाको रुट तथा पडावस्थल आसपासका क्षेत्रमा मासु तथा मदिराजन्य पदार्थको […]