मिथिला मध्यमा परिक्रमा यात्री मटिहानी पुगे, भोलि जलेश्वर जाने

सामाजिक फीड-जनकपुरधाम, फागुन ७ गते । मिथिला मध्यमा परिक्रमा यात्रीहरू महोत्तरीको मटिहानी पुगेका छन्। सोमबार धनुषाको मिथिला बिहारी नगरपालिका कचुरीस्थित मठबाट डोला निस्केसँगै १३३ किलोमिटरको परिक्रमा औपचारिक रूपमा सुरु भएको हो। जनकपुरधामस्थित अग्निकुण्डबाट किशोरीजीको डोला र मिथिला बिहारीबाट भगवान रामको डोलासहित १५ दिनसम्म मिथिलाका विभिन्न धार्मिकस्थलहरूको परिक्रमा भइरहेको छ। यस क्रममा नेपाल तथा भारतका विभिन्न […]
राष्ट्रिय प्रजातन्त्र पार्टी मधेश केन्द्रित चुनावी अभियानमा

सामाजिक फीड-जनकपुरधाम, फागुन ७ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मधेश केन्द्रित चुनावी अभियान थालेको छ । सप्तरीबाट राप्रपाले आमसभा आयोजना गरि अभियान सुरु गरेको हो । भारदहमा दिउँसो १ बजे हुने आमसभामा राप्रपाका शीर्ष नेताहरू उपस्थित हुनेछन् । फागुन ८ गते शुक्रबार महोत्तरी, सर्लाही, रौतहट र बारामा कोणसभा राखिएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए […]
महोत्तरीका एमाले युवा नेता यादव रास्वपामा प्रवेश

सामाजिक फीड-जनकपुरधाम, फागुन ५ गते । नेकपा एमाले महोत्तरीका युवा नेता सरोज कुमार यादव राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् । दुई दिनअघि नेकपा एमालेको मधेस प्रदेश सदस्य पदबाट राजिनामा दिएका उनी मङ्गलबार जनकपुरधाममा एक कार्यक्रम बीच उनी रास्वपा प्रवेश गरेका हुन् । नेपाल उद्योग वाणिज्य तथा व्यवसायी महासंघ केन्द्रीय सचिव समेत रहेका […]
टी २० विश्वकपमा नेपाल आज अन्तिम पटक खेल्दै

सामाजिक फीड-जनकपुरधाम, फागुन ५ गते । टी २० विश्वकप २०२६ मा नेपाल आज आफ्नो अन्तिम खेल खेल्दै छ । भारतको मुम्बईको प्रसिद्ध वानखेडे रंगशालामा आज राति सवा सात बजे नेपाल र स्कटल्यान्डबीच हुने दुबै टिमका लागि अन्तिम खेल हो । आजको खेलले सुपर-८ को समिकरणमा कुनै अर्थ राख्ने छैन। किनभने दुवै टिम समूह ‘सी’ को […]
पाकिस्तानको सैन्य चौकीमा भीषण विस्फोट, १० सुरक्षाकर्मीको ज्यान गयो

सामाजिक फीड-जनकपुरधाम, फागुन ५ गते । पाकिस्तानको खैबर पख्तुनख्वाह प्रान्तमा रहेको एक सैन्य चौकीमा भएको आत्मघाती आक्रमणमा कम्तीमा १० जना सुरक्षाकर्मीको ज्यान गएको छ भने कैयौँ घाइते भएका छन्। बीबीसी उर्दूका अनुसार बाजौर जिल्लाको मलंगी क्षेत्रमा रहेको सुरक्षा चौकीलाई लक्षित गर्दै विस्फोटकले भरिएको सवारी साधनमार्फत आक्रमण गरिएको थियो। उक्त भवन पहिले मदरसा रहेको र पछि […]
मधेस प्रदेश : कारागारबाट भागेका युवक चोरी गर्दागर्दै पक्राउ

सामाजिक फीड-जनकपुरधाम, फागुन ५ गते । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते मकवानपुरको भीमफेदी कारागार तोडेर फरार भएका एक कैदी बारामा चोरी गर्दागर्दै पक्राउ परेका छन्।इलाका प्रहरी कार्यालय प्रसौनी, बाराबाट खटिएको टोलीले प्रसौनी गाउँपालिका वडा नं. १ बस्ने २६ वर्षीय विशाल मुखियालाई फागुन ४ गते पक्राउ गरेको हो। प्रसौनीस्थित विश्वकर्मा मेटल इन्डस्ट्रिजबाट तामाको तार चोरी […]
मुख्यमन्त्री यादवको योजना : जनकपुर-अयोध्या सिधा उडान सुरु गर्ने तयारी

सामाजिक फीड-जनकपुरधाम, फागुन ४ गते । मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न भारतको अयोध्यास्थित राम मन्दिरसँग सिधा हवाई उडानमार्फत जोड्ने पहल भइरहेको बताएका छन्। मिथिला मध्यमा परिक्रमाको अवसरमा सोमबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रदेश सरकारले जनकपुर–अयोध्या सम्बन्धलाई प्रगाढ बनाउने योजना अघि सारेको उल्लेख गरे। मुख्यमन्त्री यादवका अनुसार, यस पहलले […]
सर्लाहीमा गोली हानी हत्या गरिएका यादव हिजो मात्र बुवाको काजक्रिया सकाएर गाउँबाट फर्केका थिए

सामाजिक फीड-जनकपुरधाम, फागुन ४ गते । सर्लाहीमा गोली हानी हत्या गरिएका जिल्ला पूर्वाधार कार्यालय सर्लाहीमा कार्यरत्त सब इन्जिनियर प्रमोद कुमार यादव हिजो मात्रै बुवाको काजक्रिया सकाएर मलंगवा फर्केको खुलेको छ । आइतबार बेलुक मलंगवा १० मा ३६ वर्षीय यादवलाई गोली प्रहार गरी हत्या गरिएको थियो । सिराहाको सुखीपुर नगरपालिका ९ बैशााखा घर रहेका यादव हिजो […]
फागुन ४ देखि १८ गतेसम्म मात्रै चुनावी प्रचार गर्न पाइने

सामाजिक फीड-जनकपुरधाम, फागुन ४ गते । निर्वाचन आयोग ले प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवार तथा राजनीतिक दललाई फागुन ४ देखि १८ गतेसम्म मात्र चुनावी प्रचारप्रसार गर्न अनुमति दिएको जनाएको छ। फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै जुलुस, आमसभा, घरदैलो कार्यक्रम र सञ्चारमाध्यममार्फत गरिने प्रचार सोही अवधिभित्र सीमित रहने आयोगले स्पष्ट पारेको छ। आयोगका कार्यवाहक प्रमुख […]
आजबाट मिथिलाको महाकुम्भ सुरु, चुनावले परिक्रमा प्रभावित हुने सम्भावना

सामाजिक फीड-जनकपुरधाम, फागुन ४ गते । धार्मिक आस्थाको उत्सवको रूपमा लिइने मिथिला मध्यमा परिक्रमा आजदेखि सुरु भएको छ। मिथिलाको “महाकुम्भ” भनेर चिनिने यो परिक्रमा आज धनुषाको मिथिला बिहारी नगरपालिका-कचुरीस्थित मठबाट भगवानको डोला निस्केसँगै प्रारम्भ भएको हो। १३३ किलोमिटरको यो पदयात्रा १५ दिनसम्म मिथिलाका विभिन्न धार्मिकस्थलहरूको परिक्रमा गर्नेछ । १५ दिने मिथिला मध्यमा परिक्रमाको क्रममा नेपाल […]