Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, चैत १६
 गते ।

गृहमन्त्री सुधन गुरुङले सोमबार प्रहरी प्रधान कार्यालय, नक्सालको निरीक्षण गरेका छन्।

उनी त्यहाँ प्रहरीको डिजिटल फरेन्सिक ल्याब, अपराध अनुसन्धान विभाग र अन्य विभिन्न निकायको अवलोकनमा पुगेका थिए। निरीक्षणपछि उनले प्रहरी उच्च अधिकृतहरुलाई निर्देशनसमेत सम्बोधन गर्दै महत्वपूर्ण संदेश दिएका छन्।

त्यस क्रममा मन्त्री गुरुङले प्रहरीको सर्वसाधारणसँगको बोली र व्यवहार सुधार्न आवश्यक भएको बताए र प्रहरीलाई उदाहरणीय ९मोडल० बनाउने आफ्नो लक्ष्य व्यक्त गरे। उनले भने, “प्रहरीको रासन सुधारदेखि अनुसन्धानका लागि अत्याधुनिक प्रविधि लागू गर्ने काम हाम्रो जिम्मेवारी हो। तपाईंहरुले काम गरेर देखाउनुपर्छ।”

साथै, उनले प्रहरीका लागि आवश्यक पर्ने कपडाको गुणस्तरीय उत्पादन सुनिश्चित गर्न उद्योगसमेत खोल्न सकिने बताएका छन्। उनले जोड दिए, “अन्य आवश्यक स्रोत र साधनहरू पनि स्तरीय हुनुपर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *