Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, चैत १२
 गते ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बालेन शाहको प्रधानमन्त्री पदको शपथ ग्रहण कार्यक्रम व्यवस्थित गर्न मुख्य सचिवसँग समन्वयको अनुरोध गरेको छ। महासचिव कवीन्द्र बुर्लाकोटीले पत्राचार गर्दै शपथ समारोहको सम्पूर्ण व्यवस्थापन मिलाइदिन आग्रह गरेका हुन्।

आज चैत १२ गते नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथ ग्रहण कार्यक्रम हुँदैछ भने भोलि चैत १३ गते रास्वपाका वरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्रीका रूपमा शपथ लिने कार्यक्रम तय भएको छ।

शीतल निवासमा मध्याह्न १२:३४ बजे हुने उक्त समारोहमा ७ वटा शंखबाट शंखनाद, १०८ जना बटुकद्वारा स्वस्ती शान्ति वाचन तथा १६ जना बौद्ध भिक्षुबाट अष्टमंगल पाठ गरिने कार्यक्रम पनि समावेश गरिएको छ।

यसैगरी, बालेन शाहले दिउँसो २:१५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदबहाली गर्ने तयारी गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *