सामाजिक फीड-
जनकपुरधाम, चैत १७ गते ।
मुग्लिन-नागढुंगा सडकखण्ड मंगलबारदेखि तीन दिनसम्म राति बन्द हुने भएको छ।
सडक स्तरोन्नति कार्यलाई तीव्र बनाउन चैत १७ गतेदेखि लगातार तीन दिनसम्म प्रत्येक राति १० बजेदेखि बिहान ४ बजेसम्म सवारी आवागमन रोक्ने निर्णय गरिएको हो।
जिल्ला प्रशासन कार्यालय, चितवन ले अत्यन्त जरूरी सूचना जारी गर्दै यसबारे जानकारी दिएको छ।
चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी शर्मा का अनुसार, सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका-४ को घोप्टेभीर लगायत विभिन्न स्थानमा स्तरोन्नति कार्य जारी छ।
पटक-पटक सवारी आवागमन अवरुद्ध हुँदा यात्रुहरूले समस्या भोग्नुपरेको अवस्थालाई ध्यानमा राख्दै अत्यावश्यक सेवा बाहेक अन्य सबै सवारी साधनको आवागमन रातिको समयमा पूर्ण रूपमा बन्द गर्ने निर्णय गरिएको हो।

फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।