Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, चैत 
१५ गते ।

धनुषामा ९ वर्षीया बालिकालाई ५३ वर्षीय पुरुषले बलात्कार गरेको भन्दै उजुरी परेको छ । बटेश्वर गाउँपालिका ५ शान्तिपुरमा ९ वर्षीया बालिकामाथि बलात्कार भएको उजुरीपछि प्रहरीले आरोपीलाई पक्राउ गरेको छ ।

बालिकामाथि बलात्कार गरेको आरोपमा स्थानीय ५३ वर्षीय ओपेन्द्र सिंह दनुवार पक्राउ परेका हुन् । उनीविरुद्ध इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरमा शनिबार निवेदन परेको थियो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार घटना गत बिहीबारको हो । जाहेरी परेपछि सिंहलाई पक्राउ गरेर स्वास्थ्य परीक्षण गराइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । घटनाबारे थप अनुसन्धान अघि बढाएको प्रहरीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *