सामाजिक फीड-
जनकपुरधाम, चैत १६ गते ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ब्रिज कोर्स बन्द गर्ने सम्बन्धमा आफ्नो वेबसाइटमा राखिएको सूचना हटाएको छ।
आइतबार मन्त्रालयले विद्यालय तथा उच्च शिक्षाका विभिन्न तहमा भर्ना प्रक्रिया सुरु हुनुअघि सञ्चालन हुँदै आएका ब्रिज कोर्सका कक्षाहरू रोक्ने निर्णय सार्वजनिक गरेको थियो। उक्त निर्णय आगामी वैशाख १ गतेदेखि लागू गर्ने तयारीसमेत गरिएको थियो।
तर सोमबार भने सो सूचना मन्त्रालयको वेबसाइटबाट हटाइएको छ। मन्त्रालयका अनुसार निर्णय फिर्ता लिइएको होइन, बरु केही विषय स्पष्ट पार्नुपर्ने भएकाले सूचना अस्थायी रूपमा हटाइएको हो।
मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले भाषा र विषयवस्तु थप स्पष्ट बनाएर पुनः सूचना प्रकाशित गरिने बताएका छन्। यस विषयमा शिक्षामन्त्री सस्मीत पोखरेलले पनि आफ्नो फेसबुकमार्फत जानकारी दिएका छन्।

फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।