Samajik Feed – News Portal from Nepal

मुख्यमन्त्री सिंहद्वारा प्रदेशसभा सदस्यहरूको आलोचना शिक्षा र कृषिमा भाषण, काम सडक र मन्दिर निर्माणमा सीमित

समाजिक फिड – जनकपुरधाम, माघ १३ मुख्यमन्त्री सिंहद्वारा प्रदेशसभा सदस्यहरूको आलोचना: शिक्षा र कृषिमा भाषण, काम सडक र मन्दिर निर्माणमा सीमित जनकपुरधाम, शनिबार – मुख्यमन्त्री सतीशकुमार सिंहले मधेश प्रदेशका प्रदेशसभा सदस्यहरू भाषणबाजीमै सीमित रहेको टिप्पणी गरेका छन्। प्रधानाध्यापक संघद्वारा आयोजित ‘शिक्षा संवाद’ कार्यक्रममा बोल्दै उनले सदस्यहरूले शिक्षा र कृषिमा लगानीका ठूला कुरा गरे पनि बजेट […]

चालू आर्थिक वर्षको पहिलो ६ महिनामा नेपालमा ५५ सय विद्युतीय गाडी आयात

सामाजिक फीड– जनकपुरधाम, माघ ८ गते। चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा नेपालमा झन्डै ५५ सय वटा विद्युतीय गाडी आयात भएका छन्। भन्सार विभागले हिजो सार्वजनिक गरेको तथ्याङ्क अनुसार, गत साउनदेखि पुससम्मको अवधिमा ५ हजार ४ सय ८० वटा विद्युतीय चारपाङ्ग्रे गाडी नेपाल भित्रिएका छन्। यो संख्या गत आर्थिक वर्षको पहिलो ६ महिनासँग […]

लुम्बिनीमा मन्दिरको दानपेटिकाबाट तीन महिनामा झण्डै डेढ करोड संकलन

सामाजिक फीड-जनकपुरधाम, पुस २५ गते । गौतम बुद्धको जन्मस्थल लुम्बिनीको मायादेवी मन्दिरमा राखिएको दानपेटिकाबाट तीन महिनामा झण्डै डेढ करोड रुपैयाँ संकलन भएको छ। लुम्बिनी विकास कोषका कोषाध्यक्ष दुण्डीराज भट्टराईका अनुसार, दानपेटिकाबाट एक करोड ४३ लाख ५९ हजार ९९० रुपैयाँ संकलन गरिएको हो। यो रकम आर्थिक वर्ष २०८१/०८२ को दोश्रो चरणमा असोज महिनायताको हो। पुस १८ […]

५ सयले बढ्यो सुनको भाउ, प्रतितोलाको मूल्य १ लाख ५२ हजार ५ सय

सामाजिक फीड-पुष २४ गते – जनकपुरधाम नेपाली बजारमा सुनको भाउ बुधबार बढेको छ । अघिल्ला दुई दिनसम्म मूल्य स्थिर रहेको सुनको भाउ बुधबार बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले मूल्य बढेसँगै १ लाख ५२ हजार ५ सय पुगेको छ । यस अघि सुनको भाउ १ लाख ५२ […]

नारायणी डेभलपमेन्ट बैंकको ९४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, विद्यमान संस्थापकले मात्र आवेदन दिन पाउने

सामाजिक फीड-पुष २४ गते – जनकपुरधाम नारायणी डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ९४ हजार ४३५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । यसमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आजबाट ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय रत्ननगर–१, टाँडी, चितवनमा आफूले के […]

प्रधानमन्त्री कार्यालयको निर्देशन: तीन दिनभित्र कर्मचारी व्यवस्थापन मिलाउन गृह र संघीय मामिला मन्त्रालयलाई आदेश

सामाजिक फीड-पुष २२ गते – जनकपुरधाम । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गृह मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई तीन दिनभित्र कर्मचारी व्यवस्थापन गर्न निर्देशन दिएको छ। सरुवा, काज, र पदस्थापनलाई व्यवस्थित बनाउन नसक्दा सरकारी सेवा प्रवाहमा अवरोध सिर्जना भएको र स्रोतसाधनको दुरुपयोग भइरहेको भन्दै प्रधानमन्त्री कार्यालयले यस्तो कदम चालेको हो। राष्ट्रिय सतर्कता केन्द्रलाई […]

नेपालमा पहिलो पटक पाइपलाइनमार्फत पेट्रोल र मट्टीतेल आयात तयारी

सामाजिक फीड-जनकपुरधाम, पुष २१ गते । नेपालमा पहिलो पटक भारतको मोतिहारीबाट बारा अमलेखगञ्जसम्म पाइपलाइनमार्फत पेट्रोल र मट्टीतेल आयात गर्ने तयारी पूरा भएको छ। नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिका भट्टका अनुसार, संरचना निर्माण सम्पन्न भइसकेको छ र परीक्षणका विभिन्न चरणहरू जारी छन्। पाइपलाइनमार्फत पेट्रोल र मट्टीतेल आयात गरेपछि ढुवानी खर्चमा २.५ रुपैयाँको कमी आउने र […]

जनकपुर शाखाको कर्जा असुली प्रक्रिया र प्रबन्धक पक्राउ सम्बन्धी समाचार भ्रमपूर्ण: सिद्धार्थ बैंक

सिद्धार्थ बैंकले आफ्नो जनकपुर शाखा कार्यालयका शाखा प्रबन्धक अर्ण बहादुर बलम्पाकी पक्राउ र कर्जा असुली प्रक्रियामा अनियमितताको आरोपसम्बन्धी सञ्चार माध्यममा आएका समाचारलाई असत्य ठहर गर्दै स्पष्टीकरण दिएको छ। मंगलबार एक विज्ञप्ति जारी गर्दै बैंकले ऋण असुली प्रक्रियामा कुनै अनियमितता नभएको र सबै प्रक्रिया प्रचलित कानूनी मापदण्ड र बैंकिङ्ग अभ्यासअनुसार भएको जनाएको छ। बैंकका अनुसार, जनकपुर […]

डा. आरजु राणा देउवाले भारतीय उद्यमीलाई नेपालमा लगानीका लागि आह्वान

सामाजिक फीड-जनकपुरधाम, पुस ५ गते । भारतको राजधानी नयाँ दिल्लीमा काठमाडौँ विश्वविद्यालय र ‘फाउन्डेसन फर इकोनोमिक ग्रोथ एन्ड वेल्फर’ (ईग्रो फाउन्डेसन) द्वारा आयोजित ‘भारत–नेपाल आर्थिक सम्मेलन’को उद्घाटनमा परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले भारतीय उद्यमीलाई नेपालमा ऊर्जा, पूर्वाधार विकास, कृषि, पर्यटन र सूचना प्रविधि क्षेत्रमा लगानी गर्न आह्वान गरे। सम्मेलनको उद्घाटन गर्दै मन्त्री राणाले नेपालले […]

देवनारायण मण्डल: मिथिला क्षेत्रको प्राकृतिक र सांस्कृतिक सम्पदाको संरक्षणमा उदाहरणीय योगदान

सामाजिक फीड-३ गते पौष, जनकपुरधाम जनकपुरधामको उत्तरपूर्वमा १२ किलोमिटरको दूरीमा अवस्थित मिथिला विहारी नगरपालिका-२ पुरनदहामा नयाँ पर्यटन गन्तव्य ‘कल्चरल भिलेज’ सुरू गरिएको छ। यहाँको वातावरण, मौलिक खानपान र ग्रामीण परिवेशले आगन्तुकहरूलाई निकै आकर्षित गर्दैछ। सहरको भीडभाडबाट बाहिर परेका मानिसहरू यहाँ पुग्दा मिथिला र मधेशको परम्परागत रहन-सहनसँगै स्वादिष्ट स्थानीय परिकारहरूको अनुभव गर्न सक्छन्। मिथिला क्षेत्रको पहिचान […]