सामाजिक फीड-
जनकपुरधाम, भदौ १६ गते
नेपाली बजारमा सुनको मूल्यमा पुनः वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, अघिल्लो दिनको तुलनामा सोमबार सुनको मूल्य प्रतितोला १,७०० रुपैयाँले बढेको हो।
महासंघका अनुसार, आइतबार प्रतितोला २,०३,६०० रुपैयाँमा कारोबार भएको सुन सोमबार २,०५,३०० रुपैयाँमा पुगेको छ। यो मूल्य हालसम्मकै उच्च हो।
स्थानीय बजारमा सुनको मूल्य वृद्धि हुनुको कारण अन्तर्राष्ट्रिय बजारमा माग बढ्नु हो। आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३,४७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
चाँदीको मूल्य पनि उकालो लागेको छ। महासंघका अनुसार, आइतबार प्रतितोला २,४२५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार ४५ रुपैयाँले बढेर २,४७० रुपैयाँ पुगेको छ।