Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, भदौ १५
गते ।

आउँदो दशैंका लागि सुकिला नोट सटही यही भदौ २९ गतेदेखि सुरु हुने भएको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको सूचनाअनुसार भदौ २९ गतेदेखि असोज १० गतेसम्म सुकिला नोट साट्न सकिनेछ ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार थापाथलीस्थित विभागीय कार्यालयसँगै प्रदेश कार्यालयहरू विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीबाट नोट साट्न सकिने व्यवस्था मिलाइएको छ ।

यससँगै, इजाजत प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयमार्फत पनि सर्वसाधारण तथा संघ–संस्थाले कारोबारको समयमा सुकिला नोट साट्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *