सामाजिक फीड-
जनकपुरधाम, असोज १२ गते ।
सुनचाँदीको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँले वृद्धि भई तोलाको २ लाख २३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार सुनको मूल्य तोलाको २ लाख २२ हजार ५ सय रुपैयाँ थियो।
यसअघि, बुधबार सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको २ लाख २३ हजार रुपैयाँमा पुगेको थियो।
त्यस्तै, आज चाँदीको मूल्यले पनि नयाँ कीर्तिमान बनाएको छ। चाँदी प्रति तोला २ हजार ८ सय १० रुपैयाँ पुगेर हालसम्मकै उच्च मूल्यमा कारोबार भइरहेको छ।