Samajik Feed – News Portal from Nepal

समाजिक फीड-

जनकपुरधाम, भदौ ३० गते ।

बुधबारदेखि नेपालमा सेयर बजार पुनः खुल्ने भएको छ।

नेपाल धितोपत्र बोर्डसँगको परामर्शपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बजार सञ्चालन गर्ने निर्णय गरेको हो। बोर्डका एक उच्च अधिकारीका अनुसार सबै सम्बन्धित पक्षसँग छलफल तथा परामर्श गरेपछि बुधबारदेखि बजार खोल्ने निष्कर्षमा पुगेको जानकारी दिए।

उक्त निर्णयअनुसार बोर्डले नेप्सेलाई औपचारिक सूचना पठाउनेछ र नेप्सेले यसबारे सार्वजनिक घोषणा गर्नेछ।

यसअघि नेप्सेले असोज २ गतेसम्म सेयर कारोबार बन्द रहने जानकारी दिएको थियो, तर पछिल्लो निर्णयसँगै सो सूचना स्वतः खारेज भएको छ।

भदौ २३ र २४ गते काठमाडौंसहित देशका विभिन्न सहरहरूमा जेनजी प्रदर्शनको क्रममा भएको तोडफोडपछि भदौ २४ गतेदेखि सेयर बजार बन्द गरिएको थियो। यस अवधिमा बजार करिब एक साता बन्द रह्यो। यसअघि भूकम्प र कोभिड-१९ को समयमा पनि बजार लामो समयका लागि बन्द भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *