Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, भदौ १३ गते ।

शुक्रबार सुनको मूल्यले नयाँ रेकोर्ड कायम गरेको छ। यसअघि साउन २३ गते कायम भएको रेकर्डलाई तीन सातामै तोड्दै, आज सुनको मूल्य प्रतितोला २ लाख ६ सय रुपैयाँ पुगेको छ। यो अहिलेसम्मकै उच्च मूल्य हो। अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला १२ सय रुपैयाँले महँगिएको छ।

साउन २३ गते सुनको मूल्य प्रतितोला १ लाख ९९ हजार ४ सय रुपैयाँ थियो, जुन त्यसबेलासम्मको सबैभन्दा उच्च मूल्य मानिन्थ्यो।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिन प्रतितोला २,३५५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँ बढेर २,३६० रुपैयाँमा पुगेको छ। यो पनि हालसम्मकै उच्च मूल्य हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धिको असर नेपाली बजारमा पनि प्रत्यक्ष परेको हो। ‘अन्तर्राष्ट्रिय बजारमा जसरी मूल्य घटबढ हुन्छ, त्यसैअनुसार नेपाली बजारमा समायोजन हुँदै आएको छ’, उनले बताए। हाल अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ३,४०० अमेरिकी डलर नाघेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *