सामाजिक फीड-
जनकपुरधाम, भदौ १८ गते गते ।
मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री बसन्त कुशवाहाले महोत्तरीस्थित भीठामोड सीमा नाकाको स्थलगत निरीक्षण गरेका छन् ।
निरीक्षणको क्रममा मन्त्री कुशवाहाले पर्यटकहरूको सहज आवागमन, पूर्वाधारको अवस्था, सुरक्षा व्यवस्था र सेवा सुविधाको प्रत्यक्ष अवलोकन गर्दै भीठामोडलाई पर्यटकमैत्री सीमा नाका बनाउन मन्त्रालयले विशेष योजना अघि सारेको जानकारी दिए ।
उनले स्थानीय प्रशासन, सुरक्षाकर्मी, व्यवसायी र सरोकारवालासँग समेत छलफल गरी नाकाको पर्यटन सम्भावना, पूर्वाधार आवश्यकताको मूल्यांकन गरे ।
पर्यटन मन्त्रालयका अनुसार भीठामोड नाकामा छिट्टै आधुनिक आव्रजन सेवा, पर्यटन सूचना केन्द्र, आवास, यातायात सेवा, र धार्मिक तथा सांस्कृतिक गन्तव्य प्रवर्द्धनका कार्यक्रमहरू कार्यान्वयन हुनेछन्।
सरकारको यो पहलले भीठामोडलाई व्यवस्थित, सुरक्षित र आकर्षक सीमा नाकाका रूपमा विकास गर्नुका साथै मधेश प्रदेशको पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।