Samajik Feed – News Portal from Nepal

सप्तरीको राजविराज विमानस्थलमा रात्रिकालीन उडानको तयारी

सामाजिक फीड-जनकपुरधाम,पुष १ गते । राजविराज विमानस्थलमा पहिलो पटक रात्रिकालीन उडानको तयारी गरिएको छ। यसैका लागि बुद्ध एयरले आज साँझ पाँच बजे काठमाडौं-राजविराज परीक्षण उडान सञ्चालन गर्दैछ। स्थानीयको गुनासो र मन्त्रालयको पहल दैनिक एक उडान मात्र हुने गरेकोमा स्थानीय बासिन्दाले असन्तोष जनाउँदै थप उडानको माग गरेका थिए। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्थानीयको मागलाई […]

मधेशमा मौलिक कला, संस्कृति संरक्षणका लागि अन्तरक्रिया सम्पन्न

सामाजिक फीड-जनकपुरधाम,पुष १ गते । जनकपुरधाममा मैथिली विकास कोषको आयोजनामा आइतबार “मिथिला कला, संस्कृति र भाषा संरक्षण” विषयक अन्तरक्रिया सम्पन्न भएको छ। कार्यक्रममा राजर्षि जनक विश्वविद्यालयका उपकुलपति प्रा. डा. अमरप्रसाद यादवले मिथिलाको कला, दर्शन र भाषालाई पाठ्यक्रममा समेट्ने तयारी भइरहेको जानकारी दिए। उनले मौलिक कलाको अनुसन्धानलाई थप प्राथमिकता दिनुपर्ने बताए। मधेश प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रामभरोस […]

नेपाल आयल निगमले पेट्रोल महँग्यायो, डिजेल र मट्टीतेल सस्तो

सामाजिक फीड-जनकपुरधाम,पुष १ गते । नेपाल आयल निगमले पेट्रोलको भाउ बढाएको छ भने डिजेल र मट्टीतेलको भाउ घटाएको छ । गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ बढेकाे हाे भने डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँ घटेको हो । निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ । पहिलो वर्गमा […]

गृहमन्त्री लेखक: संविधान संशोधन समावेशिता र संघीय लोकतन्त्र सुदृढ गर्न

सामाजिक फीड-जनकपुरधाम, मंसिर ३० गते । गृहमन्त्री रमेश लेखकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशितालाई थप सुदृढ बनाउने गरी संविधान संशोधन गरिने बताएका छन्। आइतबार चितवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संविधान संशोधनको विषयमा दुई राजनीतिक दलहरूले प्रारम्भिक छलफल सुरु गरिसकेको जानकारी दिए। उनले संविधान संशोधनका लागि सबै राजनीतिक दलहरूबीच सहमति आवश्यक रहेको र यसलाई […]

राष्ट्रपतिद्वारा ५ देशमा नेपाली राजदूत नियुक्त

सामाजिक फीड-२८ गते जनकपुरधाम राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न ५ देशमा राजदूत नियुक्त गरेका छन् ।राष्ट्रपतिले शुक्रबार प्रकाशमणि पौडेललाई पोर्चुगल, सनिल नेपाललाई स्पेन, प्राडा कपिलमान श्रेष्ठलाई दक्षिण अफ्रिका, सेवा लम्साललाई बेल्जियम र डा शिवमाया तुम्बाहाङफेलाई दक्षिण कोरियाका लागि आवासीय राजदूत पदमा नियुक्त गरेका हुन् ।सरकारको सिफारिसमा राष्ट्रपतिले संविधानको धारा २८२ को उपधारा १ बमोजिम राजदूतको नियुक्ति गरेको […]

नगराइन, लक्ष्मीनिया र क्षीरेश्वरनाथ पालिकामा सहमति, कामकाज अघि बढ्ने

सामाजिक फीड-२८ गते जनकपुरधाम धनुषा जिल्लाका तीन पालिकामा रहेको विवाद समाधान गर्न प्रमुख साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति भएको छ। नगराइन नगरपालिका, लक्ष्मीनिया गाउँपालिका र क्षीरेश्वरनाथ नगरपालिकामा उत्पन्न विवाद सुल्झाउन बिहीबार नेकपा एमालेको कार्यालयमा बसेको बैठकले सहमति जुटाएको हो। बैठकमा ऐन, कानुनको दायराभित्र रहेर योजनाको वितरण र कार्यान्वयन गर्ने सहमति भएको छ। नगराइनका […]

मुग्लिन–पोखरा सडकको कोत्रे खण्ड पाँच दिन बन्द हुने

सामाजिक फीड-२८ गते जनकपुरधाम मुग्लिन–पोखरा सडकअन्तर्गत शुक्लागण्डकी नगरपालिका–२ कोत्रे खण्डमा पाँच दिनसम्म सवारी आवागमन बन्द हुने भएको छ। तनहुँ जिल्ला प्रहरी कार्यालयका अनुसार, जामुने बजारदेखि कास्कीको सेती पुलसम्मको सडक स्तरोन्नति कार्य सुरु भएकाले आजदेखि पुस २ गतेसम्म बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सवारी आवागमन बन्द रहनेछ। यातायात व्यवसायी तथा यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले […]

नेपाल आईपुगे वेस्ट इन्डिजका चर्चित क्रिकेटर ब्रायन लारा

सामाजिक फीड-२८ गते जनकपुरधाम स्ट इन्डिजका चर्चित क्रिकेटर ब्रायन लारा शुक्रबार बिहान काठमाडौँ आइपुगेका छन्। कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट हेर्न क्रिकेटर लारा बिहान ९:१५ बजे काठमाडौँ अवतरण गरेका हुन्। लारालाई त्रिभुवन विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीले स्वागत गरेका थिए। लाराले साथमा आफ्नी छोरी सेड्नी लारा पनि ल्याएका छन्। ट्रिनिडाडमा जन्मिएका ५५ […]

जनकपुरको पुस्तकालयको दयनीय अवस्था, स्थानीय सरकारको चासोको कमी

सामाजिक फीड-२५ गते जनकपुरधाम धर्म र संस्कृतिका केन्द्रको रूपमा प्रसिद्ध जनकपुर, जहाँ बुद्धिजीवीहरूको संख्या निकै ठूलो छ, यहाँको सार्वजनिक पुस्तकालयको अस्तित्व संकटमा परेको छ। २०१२ सालमा गंगासागर पोखरीको डिलमा स्थापना भएको यो पुस्तकालय आज पनि सुविधा र संरचनामा निकै कमजोर अवस्थामा छ। पुस्तकालयको अवस्थाले यहाँका स्थानीयलाई अध्ययन र ज्ञानको थलोमा पुग्न गाह्रो बनाएको छ। पुस्तकालयमा सुविधाको […]

धनुषामा महिला क्रिकेट छनौट प्रतियोगिता सुरु

सामाजिक फीड-२५ गते जनकपुरधाम धनुषा जिल्ला क्रिकेट संघको आयोजनामा आजदेखि राम जानकी अन्तर्राष्ट्रिय बहुउद्देश्यीय रंगशाला, रजौल जनकपुरधाम-१४ मा प्रथम महिला क्रिकेट छनौट प्रतियोगिता सुरु भएको छ। यो छनौट प्रतियोगिता राष्ट्रिय खेलकुद परिषदद्वारा सञ्चालित प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि खेलाडीहरू चयन गर्न आयोजना गरिएको हो। प्रतियोगिताको उद्घाटन जनकपुरधाम उपमहानगरका मेयर मनोज साहको उपस्थितिमा सम्पन्न […]