सामाजिक फीड-
जनकपुरधाम, साउन ८ गते ।
धनुषामा पोखरीमा एक बालकको शव फेला परेको छ ।
बुधबारदेखि बेपत्ता भएका धनुषाको सबैला नगरपालिका १० खरियानी बस्ने खुसिया कापरका ७ वर्षीय छोरा सचिन कापरको शव घर नजिकै पोखरीमा फेला परेको हो ।
धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुणबहादुर सिंहका अनुसार आज बिहान १० बजेतिर बालक घर नजिकैको पोखरीमा तैरिहेको अवस्थामा शव फेला परेको हो ।
परिवारजनका अनुसार बालक सचिन बुधबार बिहानै ११ बजे घरबाट खेल्दै निस्केका थिए ।
खोतलासको क्रममा आज बिहान उनको शव पोखरीमा फेला परेको हो । गर्मी छल्न पोखरीमा नुहाउन पस्दा डुबेर उनको मृत्यु हुन सक्ने प्रहरीको अनुमान छ । घटन बारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।