सामाजिक फीड-
जनकपुरधाम, असार १७ गते ।
वीरगन्जबाट स्रोत नखुलेको २८ लाख रकमसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा पर्साको पकहामैनपुर गाउँपालिकाका अनिल कुमार वर्णवाल, वीरगन्ज महानगरपालिका वडा नम्बर ३ का विनित श्रीवास्तव र बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ४ का दीपक कुमार सोनार छन् ।
वीरगन्जको विभिन्न ठाउँबाट तीनै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुमाथि अदालतबाट पाँच दिनको म्याद थप भई अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।