सामाजिक फीड-
जनकपुरधाम, जेठ १२ गते ।
जनकपुरधाम उपमहानगरपालिकामा दुई साँढेबीचको जुध्दा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका ७ का ५० वर्षीय सत्तार राइनको मृत्यु छन् ।
धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुण बहादुर सिंहका अनुसार आइतबार राति साढे ८ बजे जनकपुरधा ६ पेठियाबजारबाट प्रादेशिक अस्पताल तर्फ जाने बाटो दुई वटा साँढे आपसमा जुधिरहेका थिए ।
सोही बेला मधेश प्र.०२–००७ प ९२६६ नम्बरको स्कुटीमा जाँदै गरेको राईनको स्कुटीमा साँढे ठोक्किँदा उनी गम्भीर घाइते भएका थिए ।
तत्कालै जानकी हेल्थ केयर जनकपुरमा उपचारको लागि लग्दा ८ः४० बजे उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
। घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।