Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-

सिरहा, जेठ १९ गते ।

सिराहाको विष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुर कुटीचोकमा रहेको एक चिया नास्ता पसलमा तोडफोड गर्दै कुटपिट भएको छ ।

रौतहट स्थायी घर भई हाल सिराहाको विष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुरमा बसोबास गर्दै आएका रोहित कुमार साहको चियापसलमा तोडफोड भएको हो ।

साह झन्डै एक दशकदेखि स्थानीय समाजको स्वीकृतिमा मन्दिरको जग्गामा चिया नास्ताको पसल सञ्चालन गर्दै आइरहेका छन् ।

तर शुक्रबार बिहान करिब ८:३० बजे विष्णुपुर–५ बस्ने सन्तोष यादव र उमेश यादवले अचानक साहको पसलमा पसेर ‘आजै मन्दिरको जग्गाबाट हट्नुपर्ने’ भन्दै गालीगलौज गरेको पीडितको आरोप छ ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार दुवै पक्षबीच भनाभन भएपछि सो समूहले  गुण्डागर्दी शैलीमा पसलमा तोडफोड गरेका थिए ।
पसलभित्र रहेको नगद समेत लुटेका पीडित रोहित कुमार साहले आरोप लगाए ।

घटनापछि उनीहरूले घरभित्रै कुटपिट गरेको पीडित पक्षको आरोप छ।

पीडितले दोषीहरुमाथि तत्कालै कारबाही रन्यायको माग गर्दै जिल्ला प्रहरी कार्यालय सिरहामा उजुरी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *