Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, असार ३२ गते ।

नेपाल पर्यटन बोर्डद्वारा चलाइएको “Capture the Magic of Nepal” फोटो प्रतियोगितामा फोटोग्राफर प्रियाशुं कर्णको तस्वीर “Janakpurdham” शीर्ष तीन उत्कृष्ट फोटो मध्ये एकको रूपमा चयन भएको छ र उनलाई रु २५,००० नगद पुरस्कार प्रदान गरिएको छ ।

यसै प्रतियोगिताका अन्य दुई उत्कृष्ट विजेताहरू हुन्:

बब शाहको लाखे, जसले “The Mystique of Lakhey” शीर्षकमा नयाँर समुदायको सांस्कृतिक नृत्य लखेमाथि आधारित एक भावनात्मक तस्बिर प्रस्तुत गरे ।

सुशील श्रेष्ठ, जसले “Dusk to Dawn” नामक फोटोमा नेपालको साँझ–बिहानको सुन्दर प्रकाशिक वातावरण कैद गरे ।

तीनै विजेताहरूलाई जनही रु २५,००० पुरस्कार प्रदान गरिएको छ ।

प्रियाशुं कर्णको तस्वीरले जनकपुरधामको धार्मिक र सांस्कृतिक विविधतालाई जीवन्त रूपमा उजागर गरेको भन्दै बोर्डले विशेष प्रशंसा गरेको छ। सम्पूर्ण विजेताहरूले नेपालको प्राकृतिक र सांस्कृतिक सम्पदाको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *