Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, जेठ १४ गते ।

महोत्तरीको बर्दिबासबाट लागूऔषध १५७ किलो गाँजासहित सर्लाहीका दुई युवक पक्राउ परेका छन् ।

महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी शैलेन्द्र कुमार भट्टका अनुसार आज दिउँसो साढे १२ बजेतिर पूर्व पश्चिम राजमार्ग अन्तर्गत बर्दिवास नगरपालिका १ स्थित शुभ स्वस्तिक हस्पिटल पूर्व तर्फ आउदै गरेको बा ११ च. ३४९४ नम्बरको सेतो रंगको स्कारपियोलाई रोकी चेकजाँच गर्दा भित्र गाँजा फेला परेको हो ।

स्कारपियो चालक सर्लाहीको हरिवन नगरपालिका ५ पर्कोलीका ३५ वर्षीय लालबाबु साह र स्करापियोमा सवार सर्लाहीको हरिवन नगरपालिका ३ बुद्धचोकका २१ वर्षीय अभिषेक परियारलाई पक्राउ गरेको डिएसपी भट्टले बताए ।

उनका अनुसार स्कारपियो भित्र प्लास्टिकमा बेरेर लुकाई छिपाई राखेको अबैध लागु औषध गाँजा ३० पोका फेला परेको थियो । त्यसको तौल १५७.९ किलो ग्राम रहेको छ ।

लागूऔषध गाँजा, स्कारपियो गाडीसहित पक्राउ दुबैजनामाथि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *