Samajik Feed – News Portal from Nepal

धनुषामा जलेको अवस्थामा बोरा भित्र शव फेला

सामाजिक फीड-जनकपुरधाम, पुस ४ गते । धनुषाको मिथिलाबिहारी नगरपालिका वडा नम्बर २ पर्शुराम तलाउस्थित नदी किनारमा बोरा बाँधेर फालिएको अवस्थामा एक मानव शव फेला परेको छ। शवको चारैतर्फ आगो जलेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई जानकारी दिएका थिए। प्रहरीका अनुसार, जलेको बोरा हटाएपछि मृतकको खुट्टा बाहिर देखिन थालेपछि शवको अवस्था संदिग्ध रहेको कुरा पुष्टि भएको छ। […]

मन्त्रिपरिषदले निर्देशकबाट कुलमान घिसिङलाई हटाउने तयारी

सामाजिक फीड-जनकपुरधाम, पुस ४ गते । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बिहीबारको मन्त्रिपरिषद्ले हटाउने तयारी गरेको छ। स्रोतका अनुसार, प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जामन्त्री दीपक खड्काले घिसिङलाई ऊर्जा विज्ञको रूपमा अन्यत्र सरुवा गर्ने योजना बनाएका छन्। घिसिङलाई कार्यकारी निर्देशकको पदबाट हटाएर कुनै निकायमा विज्ञका रूपमा नियुक्त गर्ने तयारी भइरहेको छ, र त्यसमा […]

१७ वर्षीया किशोरीको हत्यापछि लो-बेडभित्र लुकाइयो शव, मोबाइलले खोल्यो पोल

सामाजिक फीड-जनकपुरधाम, पुस ४ गते । चन्द्रागिरि नगरपालिका–१० स्थित सतुगंल खरिबोटकी १७ वर्षीया किशोरी सरिता तामाङको शव फेला परेको छ। उनका दाई नवीन रुम्बा तामाङले १ पुसमा प्रहरीमा निवेदन दिएर भाइटीका २९ मंसिरको राति हराएको जानकारी दिएका थिए। प्रहरीले खोजी कार्य सुरू गरेपछि, ३ पुस दिउँसो ३ बजेतिर सरिताको शव काठमाडौंको चन्द्रागिरि–१० स्थित वीरेन्द्र श्रेष्ठको […]

सर्लाहीमा सामुदायिक विद्यालयको भ्रष्टाचार विवाद: शिक्षकहरू कार्यालयमै थुनिए

सामाजिक फीड-जनकपुरधाम, पुस ४ गते । सर्लाहीको गोडैता नगरपालिका–२ स्थित एक सामुदायिक विद्यालयमा अनियमितताको आरोपमा आक्रोशित अभिभावकहरूले शिक्षकहरूलाई विद्यालयको कार्यालयमा थुनेका छन्। बुधबार बिहान विद्यालय पुगेका शिक्षकहरूलाई अभिभावकहरूले कार्यालयमा थुनेर ढोकामा ताल्चा लगाएका थिए। आधारभूत विद्यालयका प्रधानाध्यापक गर्भु महतोमाथि विद्यालय व्यवस्थापन समिति गठन नगरी एकलौटी निर्णय गर्ने, विद्यार्थीका लागि प्राप्त सुविधा लक्षित समूहसम्म नपु¥याउने र […]

विदेश पठाउने नाममा २२ लाख ठगी, दुई जना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, पुस ४ गते । बेरोजगार युवालाई विदेश पठाउने नाममा २२ लाखभन्दा बढी रकम ठगी गरेको आरोपमा धनुषाका दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा गणेशमान चारधाम नगरपालिका-४ का ३८ वर्षीय राजकुमार चौधरी र मटिहानी नगरपालिका-९ का ३९ वर्षीय रुपेश कुमार चौधरी रहेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यका अनुसार […]

देवनारायण मण्डल: मिथिला क्षेत्रको प्राकृतिक र सांस्कृतिक सम्पदाको संरक्षणमा उदाहरणीय योगदान

सामाजिक फीड-३ गते पौष, जनकपुरधाम जनकपुरधामको उत्तरपूर्वमा १२ किलोमिटरको दूरीमा अवस्थित मिथिला विहारी नगरपालिका-२ पुरनदहामा नयाँ पर्यटन गन्तव्य ‘कल्चरल भिलेज’ सुरू गरिएको छ। यहाँको वातावरण, मौलिक खानपान र ग्रामीण परिवेशले आगन्तुकहरूलाई निकै आकर्षित गर्दैछ। सहरको भीडभाडबाट बाहिर परेका मानिसहरू यहाँ पुग्दा मिथिला र मधेशको परम्परागत रहन-सहनसँगै स्वादिष्ट स्थानीय परिकारहरूको अनुभव गर्न सक्छन्। मिथिला क्षेत्रको पहिचान […]

अध्यक्ष उपेन्द्र यादव: दलाल पुँजीवादले नेपालमा अर्थतन्त्र र लोकतन्त्र ध्वस्त

सामाजिक फीड-३ गते पौष, जनकपुरधाम जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले नेपालमा दलाल पुँजीवाद संस्थागत भएको आरोप लगाएका छन्। सिरहामा ‘जनतासँग जसपा नेपाल’ अभियानको क्रममा अध्यक्ष यादवले मंगलबार लहानमा आयोजित कार्यक्रममा राज्यसत्ताको दुरुपयोग गर्दै दलाल र बिचौलियाहरूले बिना लगानी करोडौं रुपैयाँ कमाइरहेको बताउँदै यो प्रवृत्ति संस्थागत भएको गम्भीर दाबी गरे। […]

भारत र रुसको व्यापारिक सम्बन्धले भारतलाई पश्चिमी देशको दबाबमा पार्दै

सामाजिक फीड-३ गते पौष, जनकपुरधाम युक्रेन युद्धका कारण रुसमाथि लगाइएका प्रतिबन्धहरूको प्रभाव भारतसम्म पुग्न थालेको छ। युरोपेली संघ (ईयू) ले रुसको ‘श्याडो फ्लिट’ तथा संवेदनशील प्रविधि आपूर्ति गर्ने कम्पनीहरूलाई लक्षित गर्दै नयाँ प्रतिबन्धहरू लागू गरेको छ। ईयूको नयाँ प्रतिबन्धको प्रभाव ईयूले प्रतिबन्धको १५ औं प्याकेजमार्फत रुसका साथै भारत, चीन, इरान, र यूएईका केही कम्पनीलाई समेत […]

सिरहामा सवारी दुर्घटनामा कमी, तर मृत्युदर घटाउन चुनौती

सामाजिक फीड-३ गते पौष, जनकपुरधाम चालु आर्थिक वर्षको पहिलो चौमासिकमा सिरहा जिल्लामा २५५ सवारी दुर्घटना भएका छन् जसमा २२ जनाले ज्यान गुमाएका छन् भने ४५७ जना घाइते भएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कअनुसार दुर्घटनाको संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा कम देखिए पनि मृत्यु हुनेको संख्या बढेको छ। गत आर्थिक वर्षको प्रथम चौमासिकमा १५ […]

नेकपा एकीकृत समाजवादीले २४ सदस्यीय केन्द्रीय सचिवालय गठन गर्यो

सामाजिक फीड-जनकपुरधाम, पुस २ गते । नेकपा एकीकृत समाजवादीले पहिलोपटक २४ सदस्यीय केन्द्रीय सचिवालय गठन गरेको छ। पार्टीको हालै सम्पन्न स्थायी समिति बैठकले अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा सचिवालय गठन गरेको हो। पार्टी प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार सचिवालयमा केन्द्रीय अध्यक्ष, सम्मानित नेता, वरिष्ठ नेताहरू, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवहरू गरी २४ जना सदस्य छन्। यसअघि पदाधिकारी […]