Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, भदौ २० गते ।

नेपालमा फेसबुकको वेब संस्करण बन्द भएको छ । बिहीवार रातिदेखि फेसबुकको युआरएल बन्द गरिएको हो । सूचीकृत नभएका सामाजिक सञ्जाल निस्क्रिय बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले इन्टनेट सेवा प्रदायकहरूलाई निर्देशन दिएसँगै बिहीबार रातीदेखि नै फेसबुकको वेब ठेगानाहरूमा पहुँच रोकिएको छ ।

सरकारको निर्देशनपछि यूआरएल ब्लक गर्ने कार्य सुरु भइसकेको इन्टरनेट सेवा प्रदायकहरूको छाता संस्था आइस्पनका प्रमुख कार्यकारी अधिकृत सुभास खड्काले पुष्टि गरे ।

बिहीबार नेपालमा दर्ता नभएका सामाजिक सञ्जालहरूलाई निष्क्रिय बनाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले निर्णय गरेसँगै यो कार्यान्वयनमा आएको हो ।

आइस्पानका सीईओ खड्काका अनुसार हिजोबाटै यूआरएल ब्लक गर्ने कार्य सुरु भएको छ । उनले ुाबअभदययप।अयmु टाइप गर्दा नखुल्ने स्पष्ट पारे । उनले अहिलेलाई लिस्टमा भएका २६ वटा बन्द गर्ने काम सुरु गरिसकेको बताए ।

यूआरएल भनेको कुनै पनि वेबसाइटको ठेगाना हो । इन्टनेट सेवा प्रदायकले यूआरएल ब्लक गरेमा प्रयोगकर्ताहरूले त्यो वेबसाइट खोल्न वा त्यसका सामग्री हेर्न सक्दैनन् ।

एप भने बन्द गरिएको छैन । मोबाइल अपरेटर र इन्टरनेट सेवा प्रदायकहरूले एउटै युनिफर्म स्ट्यान्डर्ड अपरेटिङ प्रोसिडरअनुसार काम गर्न चाहिरहेको खड्काले बताए ।

उनले यसका लागि सञ्चार मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणका प्रतिनिधि सम्मिलित एउटा प्राविधिक कमिटी बनाउन आफुहरुले आग्रह गरेको बताए । उनले भने, ‘प्राविधिक मापदण्ड निर्धारण गरेर एपहरूलाई निस्क्रिय बनाउन खोजेका छौं । एउटा आईएसपीले एउटा विधि, अर्कोले अर्को तरिकाले ब्लक गर्‍यो भने एउटाकोमा खुल्ने, अर्काकोमा बन्द हुने हुन सक्छ । एकरुपताका लागि आज बैठक गर्दै छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *