Skip to main content

सामाजिक फीड-
जनकपुरधाम भदौ १८ गते गते ।

जनकपुरधाम उद्योग वाणिज्य संघले २०८२ सालको दसैं मेला सफल र व्यवस्थित बनाउन लक्षित गर्दै आज संघको सभाहलमा विशेष छलफल कार्यक्रमको आयोजना गरेको छ।

कार्यक्रममा विभिन्न सरकारी निकाय, सुरक्षाकर्मी, व्यापारी, सञ्चारकर्मी तथा सरोकारवालाको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले अघिल्ला वर्षमा देखिएका कमजोरीहरूप्रति ध्यानाकर्षण गराउँदै यस वर्षको मेला अझ व्यवस्थित, सुरक्षित र प्रभावकारी बनाउन सुझाव दिएका थिए।

संघका अध्यक्ष सुरेन्द्र भण्डारीले गत वर्षको अनुभवलाई सुधार गर्दै यसपटकको दसैं मेला जनकपुरधामको प्रतिष्ठा अनुरूप आयोजना गरिने प्रतिवद्धता जनाउनुभयो। उहाँले मेलामा सहभागी व्यवसायीहरूको सहजताका लागि विशेष व्यवस्था गरिने र मेलाको प्रचारप्रसार तथा सुरक्षामा कुनै कमी नहुने उल्लेख गर्नुभयो।

संघले मेलालाई पर्यटनसँग जोडेर स्थानीय कला, संस्कृति र उत्पादनको प्रवर्द्धन गर्ने योजना रहेको जानकारी दिएको छ।
कार्यक्रममार्फत मेलाको प्रारम्भिक खाका तय गरिनुका साथै सरोकारवाला निकायसँग सहकार्यका विषयमा पनि छलफल भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *