Skip to main content

सामाजिक फीड-
जनकपुरधाम, भदौ १८ गते गते ।

खानेपानी मन्त्री प्रदीप यादवलाई धम्की दिएको भन्दै पक्राउ गरिएको किरण साहको अर्को अडियो सार्वजनिक भएको छ।
वीरगञ्ज टिभीमार्फत बाहिर आएको उक्त अडियो भोजपुरी भाषामा रेकर्ड गरिएको हो । उक्त अडियोमा साहले अडियो सार्वजनिक गर्ने व्यक्तिसँग संवाद गरिरहेकी सुन्न सकिन्छ। तर, त्यसमा अर्का व्यक्तिको आवाज भने समावेश छैन।

अडियोको सुरुवातमा साहले ‘सन्देश सुनेर पोस्ट गर्न सक्ने भए गर, मलाई कुनै डर छैन’ भनेकी छन्। फोन नउठाएको कारण रिस उठेको स्वीकार गर्दै उनले पछि ‘ज्यान से मार देहम’ भन्ने धम्कीपूर्ण शब्द प्रयोग गरेकी छन्। त्यसपछि उनी आफैंले ‘यो धम्की मात्र हो, हैरानी त हुँदैन निरु’ भन्दै प्रष्ट्याउने प्रयास गरेकी छन्।

त्यसैगरी उनले अडियोमा थप्दै भनिन्– ‘पहिला राम्ररी सुन्नु, पोस्ट गर्ने उचित खालको छ भने हाल, नभए भिडिओ मात्रै बनाएर हाल। अडियोमा धम्की दिएको छु, मन्त्रीलाई त्यस्तो धम्की दिनु उचित हुँदैन।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *