Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, भदौ १८ गते गते ।

महोत्तरीमा विद्यार्थीलाई धम्की दिंदै एकजना शिक्षकले यौन समबन्धको लागी बारम्बार प्रस्ताव गरेको खुलेको छ ।

बर्दिबासस्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयका शिक्षक वसन्तप्रसाद यादवले आफ्नै छात्राहफुसंग यौन प्रस्ताव गरेका हुन् । ईलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी निरीक्षक राजेश वर्तौलाले शिक्षक यादव विरुद्ध ५ र ६ जना छात्राले जाहेरी दिएको बताए ।

यद्यपि अहिलेसम्म आफुले पुरै जाहेरीको विवरण पढ्न नपाएकोले विस्तारमा बताउन नसक्ने उनले समाजिक फिडलाई बताए । उनका अनुसार यादवलाई पक्राउ गरि अभद्र आचरण सम्बन्धी मुद्दा दर्ता गरिएको छ । मंगलबार म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ।


विद्यार्थीहरूका अनुसार यादवले परीक्षामा पास गराइदिने आश्वासन दिँदै छात्रामाथि जबर्जस्ती शारीरिक सम्पर्क गर्ने प्रयास गरेका थिए। उनीसँग राति फोनमार्फत धम्की दिएको अडियो समेत बाहिरिएपछि शिक्षालयले नै उनलाई प्रहरीको जिम्मा लगाएको हो।

स्रोतका अनुसार, शिक्षक वसन्तप्रसाद यादवले पछिल्ला दुई वर्षयता विभिन्न छात्रालाई धम्क्याउने र प्रलोभन देखाउँदै अनुचित व्यवहार गर्दै आएका थिए। हालै तेस्रो वर्षमा अध्ययनरत एक छात्रामाथि उनले बारम्बार फोन र सामाजिक सञ्जाल प्रयोग गरी अश्लील अडियो तथा भिडियो पठाउने मात्र नभई ञशारीरिक सम्बन्ध बनाए परीक्षा पास गराइदिन्छुझ भन्दै ब्ल्याकमेल गर्ने प्रयास गरेका थिए।


छात्राको मोबाइलमा सुरक्षित सामग्री बाहिरिएपछि प्राचार्य र विद्यालय प्रशासनसम्म कुरा पुगेको थियो। घटनालाई गम्भीर मानेर विद्यालयले सोमबार यादवलाई प्रहरीको जिम्मा लगाएको छ। तर सोधपुछका क्रममा उनले प्राचार्य रमण मेहतालाई ञकेही दिनमै ज्यान लिन्छुझ भन्ने धम्की दिएका थिए ।

यादव परीक्षा शाखा र सूचना प्रविधि विभागमा कार्यरत थिए। उनको स्थायी घर महोत्तरीको सोनमा गाउँपालिका रहेको बुझिएको छ ।

यसअघि पनि सोही शिक्षालयमा २०८१ पुस १५ गते तीन छात्राले सामूहिक रूपमा विष सेवन गरी आत्महत्या प्रयास गरेका थिए। उक्त घटनामा सिराहा धनगढी नगरपालिका–१० की १७ वर्षीया छात्रा रिङ्कु शर्माको ज्यान गएको थियो। तर त्यतिबेला घटना गम्भीर रूपमा छानबिन नभई ढाकछोप गरिएको विद्यार्थी र अभिभावकहरूले आरोप लगाउँदै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *