Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, भदौ २० गते ।

इस्लाम धर्मावलम्बी आज धर्म प्रवर्तक हजरत मोहम्मद पैगम्बरको जनकपुरधामसहित देशभर जन्मजयन्ती मनाउँदैछन्।इस्लाम परम्पराको हिजरी संवत् अनुसार रवि–उल–अव्वल महिनाको १२ तारिख धर्म प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाहु अलै वसल्लामको जन्मदिन मानिन्छ ।
इस्लाम धर्मवलम्बी यस महिनाको ९ तारिखदेखि नै उत्सवमय वातावरणमा ‘मोहम्मद डे’ अर्थात् मोहम्मदको जन्मदिन मनाउँछन् ।
पर्वका अवसरमा मुस्लिम बस्तीमा निकै चहलपहल छ। मुस्लिम धर्मावलम्बी बसोबास बाहुल्यताका बस्तीमा अहिले बस्ती सरसफाइ, रङरोगन र जताततै झिलीमिली बत्ती जडान गरिएका छन्। जलेश्वर, सम्सी, लोहारपट्टी, भङ्गाहा, मटिहानी र रामगोपालपुरका अधिकांश बस्ती मुस्लिम बसोबास बाहुल्यताका छन् ।
आज बस्तीबस्तीमा इस्लाम धर्मावलम्बीले सद्भाव र्‍यालीको आयोजना गरेका छन् । सबैप्रति उच्च सम्मान, आपसी एकता, परोपकार र अहिंसा यस पर्वको मुख्य सन्देश मानिन्छ ।
पर्वमा बिहानै नुहाइधुवाइ गरेर विशेष नमाज (प्रार्थना) गरेपछि इस्लाम धर्मावलम्बी अल्लाह (ईश्वर) को पुकारा गर्दै हजरत मोहम्मद पैगम्बरका उपदेश सुन्छन । ईद मिलाद उन नवी पनि भनिने यो पर्वमा कुरान सुन्ने, सामूहिक भोज खाने र आपसमा पर्वको शुभकामना साटासाट गर्ने चलन छ ।
यसै अवसरमा मधेश प्रदेश सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *