गौरमा दुई समुदायबीच झडप, अवस्था तनावग्रस्त

सामाजिक फीड-जनकपुरधाम, फागुन ८ गते । रौतहटको सदरमुकाम गौर नगरपालिका-६ सबगढा गाउँमा दुई समुदायबीच झडप हुँदा अवस्था तनावग्रस्त बनेको छ। बिहीबार राति हिन्दू समुदायको एक विवाह समारोहमा जन्ती बाजागाजासहित गाउँ प्रवेश गरेको थियो। सोही समयमा सबगढामा रहेको मस्जिदमा मुस्लिम समुदाय नमाज पढिरहेका थिए। नमाजको समयमा बाजा बजाइएको विषयलाई लिएर दुवै पक्षबीच भनाभन सुरु भएको बताइएको […]
सर्लाहीमा निर्माणाधीन मन्दिरमा राखेको पेस्तोल बालक चलाउने खोज्दा गोली लागेर घाइते

सामाजिक फीड-जनकपुरधाम, फागुन ७ गते । सर्लाहीको मलंगवामा आज दिउँसो गोली लागेर एक बालक घाइते भएका छन् । मलंगवा नगरपालिका ४ निवासी रामविश्वास रामका १५ वर्षीय छोरा आकाश राम गोली लागेर घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । मलंगवा ४ स्थित ‘ढाकाबोर्डर’ भन्ने स्थानमा निर्माणाधीन मन्दिरमा फेला परेको बेवारिसे पेस्तोल खेलाउने क्रममा बालकलाई […]
रमजान आजदेखि सुरु, मुस्लिम समुदाय रोजा बस्दै

सामाजिक फीड-जनकपुरधाम, फागुन ७ गते । इस्लाम धर्मावलम्बीहरूको महान तथा पवित्र पर्व रमजान आजदेखि सुरु भएको छ। एक महिनासम्म चल्ने यस पवित्र महिनामा मुस्लिम समुदायले दिनभर निराहार रही रोजा (उपवास) बस्ने गर्छन्। रमजानका दौरान शरीर र मनलाई शुद्ध राख्दै संयमपूर्वक जीवनयापन गर्नुपर्ने धार्मिक मान्यता छ। रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयअनुसार फरक हुने […]
मधेस प्रदेश : कारागारबाट भागेका युवक चोरी गर्दागर्दै पक्राउ

सामाजिक फीड-जनकपुरधाम, फागुन ५ गते । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते मकवानपुरको भीमफेदी कारागार तोडेर फरार भएका एक कैदी बारामा चोरी गर्दागर्दै पक्राउ परेका छन्।इलाका प्रहरी कार्यालय प्रसौनी, बाराबाट खटिएको टोलीले प्रसौनी गाउँपालिका वडा नं. १ बस्ने २६ वर्षीय विशाल मुखियालाई फागुन ४ गते पक्राउ गरेको हो। प्रसौनीस्थित विश्वकर्मा मेटल इन्डस्ट्रिजबाट तामाको तार चोरी […]
सर्लाहीमा गोली हानी हत्या गरिएका यादव हिजो मात्र बुवाको काजक्रिया सकाएर गाउँबाट फर्केका थिए

सामाजिक फीड-जनकपुरधाम, फागुन ४ गते । सर्लाहीमा गोली हानी हत्या गरिएका जिल्ला पूर्वाधार कार्यालय सर्लाहीमा कार्यरत्त सब इन्जिनियर प्रमोद कुमार यादव हिजो मात्रै बुवाको काजक्रिया सकाएर मलंगवा फर्केको खुलेको छ । आइतबार बेलुक मलंगवा १० मा ३६ वर्षीय यादवलाई गोली प्रहार गरी हत्या गरिएको थियो । सिराहाको सुखीपुर नगरपालिका ९ बैशााखा घर रहेका यादव हिजो […]
आजबाट मिथिलाको महाकुम्भ सुरु, चुनावले परिक्रमा प्रभावित हुने सम्भावना

सामाजिक फीड-जनकपुरधाम, फागुन ४ गते । धार्मिक आस्थाको उत्सवको रूपमा लिइने मिथिला मध्यमा परिक्रमा आजदेखि सुरु भएको छ। मिथिलाको “महाकुम्भ” भनेर चिनिने यो परिक्रमा आज धनुषाको मिथिला बिहारी नगरपालिका-कचुरीस्थित मठबाट भगवानको डोला निस्केसँगै प्रारम्भ भएको हो। १३३ किलोमिटरको यो पदयात्रा १५ दिनसम्म मिथिलाका विभिन्न धार्मिकस्थलहरूको परिक्रमा गर्नेछ । १५ दिने मिथिला मध्यमा परिक्रमाको क्रममा नेपाल […]
चन्द्रनिगाहपुरमा ब्राउन सुगरसहित चार जना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, फागुन ४ गते । रौतहटको चन्द्रनिगाहपुरमा अवैध लागूऔषध ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर बाट खटिएको गस्ती टोलीले आइतबार दिउँसो चन्द्रपुर नगरपालिका का विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। कार्यालयका प्रमुख डीएसपी रुपा लाबुङका अनुसार गोप्य सूचनाको आधारमा गरिएको खानतलासीका क्रममा पहिलो चरणमा चन्द्रपुर-१ बागमतीका ३२ वर्षीय तुलबहादुर […]
गौरको करदाता सेवा कार्यालय सिमरा सार्न लाग्दा घेरे स्थानीय

सामाजिक फीड-जनकपुरधाम, फागुन १ गते रौतहटको गौरस्थित करदाता सेवा कार्यालयको समान सिमरा कर कार्यालय लैजान लागेपछि स्थानीयले घेरेका छन् । शुक्रबार स्थानीय व्यापारी, नागरिक समाज, राजनीति दलका कार्यकर्ताले कार्यालयको समान लोड गरेको गाडी घेरेर राखेका छन् । सरकारले करदाता सेवा कार्यालय खारेज गदै स्थायी लेखा नम्बर पालिकाबाटै वितरण हुने निर्णय गरेपछि गौरस्थित करदाता सेवा कार्यालयको […]
निर्वाचनका लागि ७ सय पर्यवेक्षक परिचालन

सामाजिक फीड-जनकपुरधाम, फागुन १ गते आगामी फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा सदस्यको चुनावमा निर्वाचन पर्यवेक्षण समिति नेपालले देशका ७७ वटै जिल्लामा ७ सय जना पर्यवेक्षक परिचालन गरेको छ।निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउने उद्देश्यसहित पर्यवेक्षक परिचालन गरिएको निर्वाचन पर्यवेक्षण समितिले जनाएको छ। स्वयंसेवक, अल्पकालीन, दीर्घकालीन तथा विशिष्ट विज्ञ पर्यवेक्षकहरूको क्रमिक परिचालनको तयारी भइरहेको जनाइएको […]
मधेस प्रदेश: नक्कली नोटसहित दुईजना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, फागुन १ गते रौतहट प्रहरीले नक्कली नेपाली हजार दरका १४ थान नोटसहित दुईजना पक्राउ गरेको छ । बिहीबार अपराह्न करिब ३ बजे वृन्दावन नगरपालिका १ विश्रामपुर बजारस्थित विशाल किराना पसलमा पेट्रोल किन्न पुगेका दुई जनाले नक्कली नोट प्रयोग गर्न खोजेपछि घटना सार्वजनिक भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो। प्रहरीले वृन्दावन २ विश्रामपुरका […]