पुनः खुल्यो मधेससँग जोडिएको नेपाल-भारत सीमा, रेलपनि सञ्चालनमा

सामाजिक फीडजनकपुरधाम, कार्तिक २६ गते । मधेस प्रदेशसँग जोडिएको नेपाल-भारत सीमानाका खुलेको छ । भारतको बिहार राज्यमा मतदान सम्पन्न भएपछि सीमानाका खुलेको हो । मंगलबार विधानसभाको दोस्रो चरणको मतदान सम्पन्न भएपछि साँझदेखि नै सीमानाका खुलेको जिल्ला प्रशासन कार्यालयहरुलेजनाएको छ । विधानसभाको दोस्रो चरणको निर्वाचनका लागि मधेस प्रदेशसँग जोडिएको सीमानाका कार्तिक २२ गते साँझ ६ बजेदेखि […]
पूर्वपश्चिम राजमार्गमा जंगली हात्तीको आक्रमण, ट्रक चालकको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, कार्तिक २४ गते । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको जितपुरसिमरा उपमहानगरपालिका-१६ स्थित पथलैया-निजगढ सडकखण्डमा जंगली हात्तीले आतंक मच्चाएको छ। आइतबार बेलुकादेखि नै सो क्षेत्रमा हात्ती देखिएपछि पूर्वपश्चिम राजमार्ग आसपासका क्षेत्र आतंकित बनेका थिए। सोमबार बिहान ८ बजे ना४ख १८३० नम्बरको ट्रकका चालकमाथि हात्तीले आक्रमण गर्दा ट्रकबाट हाम्फालेर भाग्ने प्रयासमा जितपुरसिमरा-१ का करिब ४० वर्षीय […]
मधेस प्रदेशमा करिब ५ लाख बालबालिकालाई भिटामिन ए र जुकाको औषधि वितरण

सामाजिक फीड-जनकपुरधाम, कार्तिक २१ गते । मधेस प्रदेशमा ४ लाख ८९ हजार ७ सय २२ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाइँदै छ । ६ महिनादेखि ५ वर्षमुनिका बालबालिकाहरूलाई भिटामिन ए तथा १ वर्ष माथिकालाई जुकाको औषधि खुवाउने अभियान अन्तरगत मधेस प्रदेशका बालबालिकालाई हिजो र आज गरी दुई दिन औषधि खुवाइँदै छ । नेपाल […]
बागमतीमा नुहाउने क्रममा बेपत्ता भएका बालक दुई दिनपछि मृत फेला

सामाजिक फीड-जनकपुरधाम, कार्तिक २१ गते । कात्तिक पूर्णिमाको अवसरमा बागमती नदीमा नुहाउने क्रममा बेपत्ता भएका एक बालक दुई दिनपछि मृत फेला परेका छन्। रामनगर गाउँपालिका–१ खैर्वाका मनोज यादवका १४ वर्षीय छोरा आशिक यादव गत १९ कात्तिक बिहान साढे ६ बजे बागमती नदीमा नुहाउने क्रममा हराएका थिए। दुई दिनको खोजतलासपछि उनको शव शुक्रबार बिहान रौतहटको दुर्गा […]
सिरहामा ब्राउन सुगर बिक्री गर्ने दुई जना पक्राउ, घरबाट ब्राउन सुगर बरामद

सामाजिक फीड-जनकपुरधाम, कार्तिक २० गते । सिरहा प्रहरीले ब्राउन सुगर बेच्ने दुई जना युवकलाई पक्राउ गरेको छ । मिर्चैया नगरपालिका ७ जिवा टोल बस्ने २६ वर्षीय सन्तोष साह र २५ वर्षीय दिपेन्द्र कुमार मण्डललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको हो । बुधबार साँझ मिर्चैया ७ जिवा टोल स्थित लागूऔषध ब्राउन सुगर बिक्रि बितरण […]
नाबालिकाको चरित्र हत्या गरेको आरोपमा सिरहाका १ जना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १९ गते । सामाजिक सञ्जालमा नाबालिकाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले सिरहाका एक जनालाई पक्राउ गरेको छ ।सिरहाको कल्याणपुर नगरपालिका ११ घर भएका २२ वर्षीय जीवनकुमार साहलाई प्रहरीले पक्राउ गरेको हो । सोमबार उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । साहले म्यासेन्जरमा कुराकानी गर्ने क्रममा पीडितलाई ललाई फकाई प्रलोभनमा पारी संवेदनशील अंगहरू […]
सप्तरीको सदा टोलमा हैजा संक्रमण फैलिएको पुष्टि

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १८गते । सप्तरीको छिन्नमस्ता गाउँपालिका ५ मा रहेको सदा टोलमा हैजा संक्रमण पुष्टि भएको छ । झाडापखालाबाट एकै परिवारका तीन जनाको मृत्यु भएकोसदा टोलमा जनप्रतिनिधिसहित ८० जना बिरामी रहेकामा सिकिस्त ५ जनालाई अस्पताल भर्ना गरिएको छ । सदा टोलमा शौचालय छैन भने स्वास्थ्यकर्मीले सबैको दिसा परीक्षणसमेत गरेका छैनन् । सदा टोलका ३३ वर्षीय बुचन सदाको […]
मधेस प्रदेशका निजी अस्पतालका स्वास्थ्यकर्मीहरु आन्दोलनमा

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १६ गते । मधेस प्रदेशका निजी अस्पतालका स्वास्थ्यकर्मीहरू श्रम शोषण र दमनविरुद्ध आन्दोलनमा उत्रिएका छन् । आठबुँदे मागसहित उनीहरूले पूर्वघोषित कार्यक्रमअनुसार जनकपुरधाममा शान्तिपूर्ण आन्दोलन सुरु गरेका हुन् । स्वास्थ्यकर्मीहरूले आफूहरू लामो समयदेखि न्यून तलब, असमान व्यवहार र असुरक्षित कार्य वातावरणमा काम गर्न बाध्य भएको गुनासो गरेका छन्। नेपाल सरकारको कानुनअनुसार तलब स्केल लागू […]
महोत्तरीको दुई ठाउँमा प्रहरीको छापा, १९ जुवाडे पक्राउ

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १६ गते । महोत्तरी प्रहरीले बर्दिबास नगरपालिका क्षेत्रमा दुई फरक ठाँउमा छापा मार्दै १९ जना लाई जुवातास खेलिरहेको अवस्थामा नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार दुबै ठाँउबाट जम्मा तीन लाख ६८ हजार रुपैयाँ नगदसहित विभिन्न जुवा खेल्ने सामग्रीहरू बरामद गरिएको छ।महोत्तरी प्रहरीले विशेष जुवातास नियन्त्रण गर्नलाइ अभियानसञ्चालन गरिएको हो। जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार, […]
बैशाखयता विपद्जन्य घटनामा परेर ३३५ जनाको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १६ गते । वैशाखयता विपद्का घटनामा परेर देशभर तीन सय ३५ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार यो वर्षको कात्तिक १५ गतेसम्म देशभर ४ हजार ५९७ वटा विपद्जन्य घटना भएका छन् । उक्त अवधिमा ४१ जना बेपत्ता हुँदा एक हजार २६४ जना घाइते […]