Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, फागुन १४ गते ।

धनुषामा गोली हानी हत्या गरिएकी अन्दाजी २५ वर्षीया युवतीको तीन सातासम्म पनि पहिचान खुल्न सकेको छैन । गत माघ २३ गते बिहान औरही गाउँपालिका-१ पौडेसर स्थित सडक छेउमा उनको शव फेला परेको थियो ।

धनुषाका प्रहरी उपरीक्षक रुगम बहादुर कुवरका अनुसार युवतीको बायाँ कानमाथि गोली प्रहार गरी हत्या गरिएको हो । गोली दायाँतर्फबाट निस्किएको पाइएको छ । मृतक कालो वर्णकी, करिब ५ फिट ४ इन्च उचाइ भएकी थिइन् । उनले निलो सुरुवाल, सेतो स्वेटर र चप्पल लगाएकी थिइन् ।

स्वेटरको खल्तीबाट बच्चाको सानो खेलौना, सिन्दूर र पाँच सयभन्दा बढी भारतीय रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । यस आधारमा उनी विवाहित तथा भारतीय नागरिक हुन सक्ने अनुमान गरिएको छ । घटनास्थल नजिकै रायोको सागसमेत भेटिएको थियो ।

प्रहरीले ७७ जिल्लामा परिपत्र गर्नुका साथै भारतीय प्रहरीसँग समन्वय गरे पनि हालसम्म पहिचान खुल्न सकेको छैन । शव प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *