सामाजिक फीड-
जनकपुरधाम, फागुन १७ गते ।
नेपाल रेल्वे कम्पनी लिमिटेडले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जनकपुर-जयनगर खण्डमा सञ्चालन हुँदै आएको रेल सेवा तीन दिनका लागि पूर्ण रूपमा स्थगित गर्ने जनाएको छ।
कम्पनीको केन्द्रीय कार्यालयद्वारा जारी सूचनाअनुसार २१ फागुनमा हुने निर्वाचनका अवसरमा शान्ति-सुरक्षा सुनिश्चित गर्न १९ फागुनदेखि २१ फागुन (बिहीबार)सम्म भंगाहा-जनकपुर–जयनगर रेल सेवा बन्द रहनेछ।
उक्त अवधिमा यात्रुलाई पर्न जाने असुविधाप्रति कम्पनीले क्षमायाचना व्यक्त गर्दै सबै सरोकारवालालाई जानकारी गराएको छ। साथै २२ फागुन (शुक्रबार)देखि रेल सेवा पुनः साविकबमोजिम नियमित रूपमा सञ्चालनमा आउने उल्लेख गरिएको छ।
रेल सेवा बन्द रहने अवधिमा यात्रुलाई वैकल्पिक यातायातको व्यवस्था मिलाउन कम्पनीले अनुरोध गरेको छ।