Samajik Feed – News Portal from Nepal

कार्यसम्पादन मूल्यांकनमा कमजोर मधेस प्रदेशको स्थानीय तह

सामाजिक फीड-जनकपुरधाम, माघ २९ गते  कार्यसम्पादन मूल्यांकनमा मधेस प्रदेशका अधिकांश स्थानीय तहले कम अंक पाएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बिहीबार सार्वजनिक गरेको नतिजा अनुसार ७ सय ५३ स्थानीय सरकारमध्ये कार्यसम्पादन मूल्यांकनमा मधेसका अधिकांश स्थानीय तह कमजोर देखिएको छ ।धनुषाको धनौजी गाउँपालिको ३१.८१ अंक पाएको छ । महोत्तरीको सोनमा गाउँपालिकाले ३५ अंक, सर्लाहीको […]

जनकपुरधाममा एकजना लैंगिक तथा यौनिक अल्पसंख्यकको शव फेला

सामाजिक फीड-जनकपुरधाम, माघ २८ गते  जनकपुरधाममा आज बिहान एकजना लैंगिक तथा यौनिक अल्पसंख्यकको शव फेला परेको छ । धनुषाको जनकपुरधाम उपमहानगरपालिका १७ तेतरियामा सडक छेउमा शव फेला परेको धनुषाका प्रहरी उपरीक्षक रुगमबहादुर कुँवरले जानकारी दिए । प्रहरी उपरीक्षक कुँवरका अनुसार सलले घाँटी कसेको अवस्थामा शव फेला परेको हो ।घटनास्थल र शवको प्रकृति हेर्दा कसैले हत्या गरेको […]

वीरगञ्जमा सशस्त्र प्रहरी र व्यापारीबीच झडप

सामाजिक फीड-जनकपुरधाम, माघ २६  गते । सशस्त्र प्रहरी बल नेपाल र वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीले वीरगञ्ज महानगरपालिका-१० आदर्शनगरमा रहेको एक गोदाममा छापा हानेको छ ।राजस्व छलीको सूचनापछि छापा हान्दा व्यापारी र सुरक्षाकर्मीबीच झडप भएको हो । झडपमा परेर तीनजना सशस्त्र प्रहरी घाइते भएका छन् । सशस्त्रसहितको टोली विशेष सूचनाका आधारमा आदर्शनगरमा प्रमोद कुमार कानुले […]

परिक्रमा यात्री पुग्ने दिन महोत्तरीको विभिन्न पडावस्थल वरिपरि मासु तथा मदिराजन्य पदार्थको बिक्रीवितरणमा रोक

सामाजिक फीड-जनकपुरधाम, माघ २६  गते । मिथिला माध्यमिकी परिक्रमालाई लक्षित गर्दै महोत्तरी प्रशासनले विभिन्न पडावस्थलमा मासु तथा मदिराजन्य पदार्थको बिकी वितरण र सेवनमा रोक लगाएको छ ।जिल्ला सुरक्षा समितिको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय महोत्तरीले मिथिला माध्यमिकी परिक्रमालाई मर्यादित, शान्तिपूर्ण र धार्मिक वातावरणमा सम्पन्न गराउने उद्देश्यले परिक्रमाको रुट तथा पडावस्थल आसपासका क्षेत्रमा मासु तथा मदिराजन्य पदार्थको […]

रास्वपाको स्टिकर टाँसिएको कारको ठक्करबाट बालिकाको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, माघ २२ गते । रौतहटमा गाडीको ठक्करबाट एक चार वर्षीया बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा अल्फा खातुन नाम गरेकी बालिका रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी विष्णुप्रसाद बस्यालले जानकारी दिएका छन्। उनका अनुसार बिहीबार दिउँसो करिब २:३० बजे इशनाथ नगरपालिका-३ अन्तर्गतको मठिया टोलमा उक्त दुर्घटना भएको हो। रास्वपाको स्टिकर टाँसिएको बा १५ […]

बेवारिसे शव थन्किँदा राजविराज अस्पताल संकटमा

सामाजिक फीड- जनकपुरधाम, माघ १९ गते । लामो समयदेखि बेवारिसे अवस्थामा भेटिएका शबहरुको पहिचान नखुल्दा पोष्टमार्टम हुन नसकेपछि सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल गम्भीर समस्यामा परेको छ । बेवारिसे अवस्थामा भेटिएका आठवटा शव अस्पतालको पोष्टमार्टम कक्षमा थन्किएर राखिँदा विद्युत अवरुद्ध भएको बेला दुर्गन्ध फैलिन थालेको छ । सप्तरीका विभिन्न स्थानमा फेला परेका ती बेवारिसे शव […]

मधेसका एक चौथाइ उम्मेदवार मात्रै ब्याचलर पास, कुन दलका उम्मेदवार कति पढेका ?

सामाजिक फीड- जनकपुरधाम, माघ १९ गते । आसन्न प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका मधेस प्रदेशकोउम्मेदवारहरूमध्ये करिब एक चौथाइले मात्र स्नातक वा सोभन्दा माथिल्लो तहको शिक्षा हासिल गरेको पाइएको छ ।फागुन २१ गते हुन लागेको निर्वाचनका लागि मधेस प्रदेशका ८ जिल्लाका ३२ निर्वाचन क्षेत्रमा १ हजार २७ जना उम्मेदवार मैदानमा छन्। निर्वाचन आयोगको तथ्यांक अनुसार तीमध्ये २६६ […]

आमा छोरा हत्या प्रकरणः बुहारी र एक युवक पक्राउ

सामाजिक फीड-जनकपुरधाम, माघ १४ गते । बारामा एकै परिवारका आमा छोराको हत्या भएको घटनामा बुहारी र अर्का एक युवक पक्राउ परेका छन् । बुधबार बिहानीपखका राति धारिलो हतियार प्रहार गरी बाराको परवानीपुर गाउँपालिका १ रहरियाडीमा ४६ वर्षीया सुमित्रा देवी मण्डल र उनका २४ वर्षीय छोरा रामेश्वर मण्डलको हत्या भएको थियो । उनीहरूको घटनास्थलमै मृत्यु भएको […]

देशभर धार्मिक आस्था, स्नान, दान र परम्परासहित मकर सङ्क्रान्ति उत्साहका साथ मनाइँदै

सामाजिक फीड-जनकपुरधाम, माघ १ गते । तराई-मधेसमा ‘तिला सङ्क्रान्ति’ को रूपमा विशेष महत्वका साथ मनाइने माघे सङ्क्रान्ति आज देशभर धार्मिक आस्था, स्नान, दान र पारम्परिक परिकारसहित मनाइँदैछ। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने आजको दिनलाई मकर सङ्क्रान्ति भनिन्छ भने यही दिनबाट सूर्य उत्तरायण लाग्ने धार्मिक मान्यता छ। माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले […]

सवारीसाधनको दुरुपयोग बढेपछि चेकजाँचमा कडाइ

सामाजिक फीड-जनकपुरधाम, पुस २२ गते । सवारीसाधनको दुरुपयोग बढेपछि चेकजाँचमा कडाइ जनकपुरधाम । सवारीसाधनको दुरुपयोग बढेपछि रौतहट प्रहरीले जिल्लाका विभिन्न स्थानमा रहेका शंकास्पद सवारी साधनको चेकजाँच बढाएको छ । सोमबार चेकजाँचको पहिलो दिन शंकास्पद अवस्थामा रहेका १६ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।   कागजपत्र नभएका ४ वटा […]