Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, चैत १
८  गते ।

वृशेषचन्द्र लाल नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)ले जसपा नेपालसँग भएको एकीकरण तोडेको छ।

गत मंसिर २४ गते लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनता प्रगतिशील पार्टी नेपाल र तमलोपा बीच एकीकरण भएको थियो। त्यसको करिब तीन सातापछि लोसपा र जनता समाजवादी पार्टी (जसपा) नेपालबीच पनि एकता भएको थियो।

तमलोपाका नेता रविशंकरकुमार कर्णले पार्टी पुनः सक्रिय भएको जानकारी दिएका छन्। उनले भने, “हामी एकतामा गएका थियौं, तर अहिले फेरि तमलोपाकै हैसियतमा सक्रिय भएका छौं। पार्टी आयोगमा दर्ता यथावत् छ।”

जसपा नेपाल र लोसपाका नेताहरूले एकीकरणका बेला गरेका प्रतिबद्धता पूरा नगरेपछि पुरानै पार्टी ब्युँताउनुपरेको तमलोपाका एक नेताले बताएका छन्। उनका अनुसार नेताहरूले संस्थागत मूल्य, राजनीतिक मर्यादा र आत्मसम्मानलाई बेवास्ता गरेका कारण यस्तो निर्णय लिनुपरेको हो।

२०७९ सालको निर्वाचनमा तमलोपाले समानुपातिकतर्फ २ हजार ५८५ मत प्राप्त गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *