Samajik Feed – News Portal from Nepal

वैदेशिक रोजगारीमा १५ वर्षमा १४ हजारभन्दा बढीको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, पुस ५ गते । पछिल्लो १५ वर्षमा वैदेशिक रोजगारीमा गएका नेपालीमध्ये १४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको विवरण सार्वजनिक भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसको अवसरमा यस तथ्याङ्कलाई सार्वजनिक गरेको हो। १४ हजारभन्दा बढी मृत्यु र ३,४४० अङ्गभङ्ग श्रमिकवैदेशिक रोजगार बोर्डको स्थापना भएको आर्थिक वर्ष २०६५/६६ देखि […]

सप्तरीमा न्याय माग्दा महिलालाई धम्की, गाउँ छोड्न बाध्य

सामाजिक फीड-जनकपुरधाम, पुस ५ गते । सप्तरी, डाक्नेश्वरी नगरपालिका-१ स्थित कविलासाका ५५ वर्षीया चन्द्रदेवी साहले छोरीको हत्या र छोरा बेपत्ता प्रकरणमा न्याय माग्दा ज्यान मार्ने धम्की पाएको गुनासो गरेकी छन्। बिहीबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा पीडित साहले घटनाका आरोपितका आफन्तबाट धम्की आउन थालेपछि आफू गाउँमा बस्न असुरक्षित भएको बताइन्। उनले सुरक्षासहित बस्ने वातावरण सिर्जना गर्न […]

धनुषामा जलेको अवस्थामा बोरा भित्र शव फेला

सामाजिक फीड-जनकपुरधाम, पुस ४ गते । धनुषाको मिथिलाबिहारी नगरपालिका वडा नम्बर २ पर्शुराम तलाउस्थित नदी किनारमा बोरा बाँधेर फालिएको अवस्थामा एक मानव शव फेला परेको छ। शवको चारैतर्फ आगो जलेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई जानकारी दिएका थिए। प्रहरीका अनुसार, जलेको बोरा हटाएपछि मृतकको खुट्टा बाहिर देखिन थालेपछि शवको अवस्था संदिग्ध रहेको कुरा पुष्टि भएको छ। […]

मन्त्रिपरिषदले निर्देशकबाट कुलमान घिसिङलाई हटाउने तयारी

सामाजिक फीड-जनकपुरधाम, पुस ४ गते । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बिहीबारको मन्त्रिपरिषद्ले हटाउने तयारी गरेको छ। स्रोतका अनुसार, प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जामन्त्री दीपक खड्काले घिसिङलाई ऊर्जा विज्ञको रूपमा अन्यत्र सरुवा गर्ने योजना बनाएका छन्। घिसिङलाई कार्यकारी निर्देशकको पदबाट हटाएर कुनै निकायमा विज्ञका रूपमा नियुक्त गर्ने तयारी भइरहेको छ, र त्यसमा […]

१७ वर्षीया किशोरीको हत्यापछि लो-बेडभित्र लुकाइयो शव, मोबाइलले खोल्यो पोल

सामाजिक फीड-जनकपुरधाम, पुस ४ गते । चन्द्रागिरि नगरपालिका–१० स्थित सतुगंल खरिबोटकी १७ वर्षीया किशोरी सरिता तामाङको शव फेला परेको छ। उनका दाई नवीन रुम्बा तामाङले १ पुसमा प्रहरीमा निवेदन दिएर भाइटीका २९ मंसिरको राति हराएको जानकारी दिएका थिए। प्रहरीले खोजी कार्य सुरू गरेपछि, ३ पुस दिउँसो ३ बजेतिर सरिताको शव काठमाडौंको चन्द्रागिरि–१० स्थित वीरेन्द्र श्रेष्ठको […]

सर्लाहीमा सामुदायिक विद्यालयको भ्रष्टाचार विवाद: शिक्षकहरू कार्यालयमै थुनिए

सामाजिक फीड-जनकपुरधाम, पुस ४ गते । सर्लाहीको गोडैता नगरपालिका–२ स्थित एक सामुदायिक विद्यालयमा अनियमितताको आरोपमा आक्रोशित अभिभावकहरूले शिक्षकहरूलाई विद्यालयको कार्यालयमा थुनेका छन्। बुधबार बिहान विद्यालय पुगेका शिक्षकहरूलाई अभिभावकहरूले कार्यालयमा थुनेर ढोकामा ताल्चा लगाएका थिए। आधारभूत विद्यालयका प्रधानाध्यापक गर्भु महतोमाथि विद्यालय व्यवस्थापन समिति गठन नगरी एकलौटी निर्णय गर्ने, विद्यार्थीका लागि प्राप्त सुविधा लक्षित समूहसम्म नपु¥याउने र […]

विदेश पठाउने नाममा २२ लाख ठगी, दुई जना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, पुस ४ गते । बेरोजगार युवालाई विदेश पठाउने नाममा २२ लाखभन्दा बढी रकम ठगी गरेको आरोपमा धनुषाका दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा गणेशमान चारधाम नगरपालिका-४ का ३८ वर्षीय राजकुमार चौधरी र मटिहानी नगरपालिका-९ का ३९ वर्षीय रुपेश कुमार चौधरी रहेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यका अनुसार […]

देवनारायण मण्डल: मिथिला क्षेत्रको प्राकृतिक र सांस्कृतिक सम्पदाको संरक्षणमा उदाहरणीय योगदान

सामाजिक फीड-३ गते पौष, जनकपुरधाम जनकपुरधामको उत्तरपूर्वमा १२ किलोमिटरको दूरीमा अवस्थित मिथिला विहारी नगरपालिका-२ पुरनदहामा नयाँ पर्यटन गन्तव्य ‘कल्चरल भिलेज’ सुरू गरिएको छ। यहाँको वातावरण, मौलिक खानपान र ग्रामीण परिवेशले आगन्तुकहरूलाई निकै आकर्षित गर्दैछ। सहरको भीडभाडबाट बाहिर परेका मानिसहरू यहाँ पुग्दा मिथिला र मधेशको परम्परागत रहन-सहनसँगै स्वादिष्ट स्थानीय परिकारहरूको अनुभव गर्न सक्छन्। मिथिला क्षेत्रको पहिचान […]

अध्यक्ष उपेन्द्र यादव: दलाल पुँजीवादले नेपालमा अर्थतन्त्र र लोकतन्त्र ध्वस्त

सामाजिक फीड-३ गते पौष, जनकपुरधाम जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले नेपालमा दलाल पुँजीवाद संस्थागत भएको आरोप लगाएका छन्। सिरहामा ‘जनतासँग जसपा नेपाल’ अभियानको क्रममा अध्यक्ष यादवले मंगलबार लहानमा आयोजित कार्यक्रममा राज्यसत्ताको दुरुपयोग गर्दै दलाल र बिचौलियाहरूले बिना लगानी करोडौं रुपैयाँ कमाइरहेको बताउँदै यो प्रवृत्ति संस्थागत भएको गम्भीर दाबी गरे। […]

भारत र रुसको व्यापारिक सम्बन्धले भारतलाई पश्चिमी देशको दबाबमा पार्दै

सामाजिक फीड-३ गते पौष, जनकपुरधाम युक्रेन युद्धका कारण रुसमाथि लगाइएका प्रतिबन्धहरूको प्रभाव भारतसम्म पुग्न थालेको छ। युरोपेली संघ (ईयू) ले रुसको ‘श्याडो फ्लिट’ तथा संवेदनशील प्रविधि आपूर्ति गर्ने कम्पनीहरूलाई लक्षित गर्दै नयाँ प्रतिबन्धहरू लागू गरेको छ। ईयूको नयाँ प्रतिबन्धको प्रभाव ईयूले प्रतिबन्धको १५ औं प्याकेजमार्फत रुसका साथै भारत, चीन, इरान, र यूएईका केही कम्पनीलाई समेत […]