Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, भदौ १५ गते

बाराको जितपुर सिमरा उपमहानगरपालिका–२ पानि ट्याङ्की नजिक आइतबार दिउँसो दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

प्रहरीका अनुसार आइतबार दिउँसो सिमरा–पथलैया सडक खण्डमा दुर्घटना भएको हो। बा.प्र. ०६–००३ प १७५३ नम्बरको मोटरसाइकल चालक सप्तरी बसवलपुर नगरपालिका–७ का २८ वर्षीय महेश पण्डितको टाउको र बायाँ खुट्टामा चोट लागेर गम्भीर घाइते भएका थिए।

उनलाई उपचारका लागि एल.एस. न्युरो अस्पतालमा लगिएकोमा आइतबार दिउँसो २ बजेर ४५ मिनेटमा मृत्यु भएको प्रहरीले जनाएको छ । सिमराबाट पथलैयातर्फ जाँदै गरेको बा ९० प ६७९४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा.प्र. ०६–००३ प १७५३ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा रौतहट गुजरा गाउँपालिका–७ परसवाका २५ वर्षीय रोशन चौधरी गम्भीर घाइते भएका छन्।

उनको टाउको र दुवै खुट्टामा चोट लागेपछि प्रादेशिक अस्पताल कलैया पठाइएको प्रहरीले जनाएको छ। सोही मोटरसाइकलमा सवार ऐ.ऐ.का ३४ वर्षीय भुपेन्द्र चौधरी दाहिने हात र बायाँ खुट्टामा गम्भीर घाइते भएका छन्।

उनको बाराको परवानिपुरस्थित एल.एस. न्युरो अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनास्थलमा तत्काल इलाका प्रहरी कार्यालय सिमराको टोली खटिएको थियो। घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *