सामाजिक फीड-
जनकपुरधाम, भदौ १५ गते ।
पर्सामा झाडापखाला र हैजाको प्रकोप दिन प्रतिदिन बढ्दो अवस्थामा छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९इडिसिडी० का अनुसार पछिल्लो २४ घण्टामा ८९ जनामा संक्रमण पुष्टि भएको छ।
यससँगै हालसम्म संक्रमितको संख्या ७८९ पुगेको छ। तीमध्ये ६०९ जना उपचारपछि घर फर्किएका छन् भने १८० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
स्वास्थ्य कार्यालय पर्साका अनुसार, गत साउन २८ गते तराई अस्पतालमा झाडापखालाका बिरामी देखिन थालेका थिए। त्यसको परीक्षणपछि भदौ ५ गते हैजाको संक्रमण पुष्टि भएको थियो। त्यसयता संक्रमितको संख्या लगातार बढिरहेको छ।
प्रकोप नियन्त्रणका लागि संघीय, प्रदेश र स्थानीय सरकारका साथै विभिन्न संघसंस्थाहरुको समन्वयमा रोकथाम तथा नियन्त्रणका प्रयासहरू जारी रहेका छन्।