Samajik Feed – News Portal from Nepal

मधेशमा जेसी नीति कार्यान्वयनको माग, सञ्चारिका समूहद्वारा ज्ञापन

सामाजिक फीड-माघ १६ गते – जनकपुरधाम सञ्चारिका समूह नेपालले लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण (जेसी) नीति कार्यान्वयनका लागि मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहलाई १० बुँदे ज्ञापनपत्र बुझाएको छ। महिला पत्रकारको समानता, सशक्तीकरण तथा कार्यस्थलमा लैङ्गिकमैत्री वातावरण निर्माणको माग राख्दै समूहले मंगलबार मुख्यमन्त्रीलाई ज्ञापनपत्र हस्तान्तरण गरेको हो। यसमा महिला हिंसा न्यूनीकरण, समान ज्याला, तालिमको व्यवस्था, महिला […]

मधेशका हिरासत कक्षहरू जर्जर, थुनुवामाथि दुर्व्यवहारको खुलासा

सामाजिक फीड-माघ १६ गते – जनकपुरधाम मधेश प्रदेशका विभिन्न जिल्लाका प्रहरी हिरासत कक्षहरूमा थुनुवासँग अमानवीय व्यवहार गरिएको खुलासा भएको छ। प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको उपसमितिले बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरीका हिरासतहरूको अनुगमनपछि प्रतिवेदन सार्वजनिक गर्दै हिरासत कक्षहरू जर्जर अवस्थामा रहेको र थुनुवालाई शारीरिक तथा मानसिक यातना दिइएको निष्कर्ष […]

नेपाल प्रहरीसम्बन्धी नयाँ विधेयक संसदमा दर्ता, अवकाश उमेर हद र बढुवा प्रणालीमा परिमार्जन

सामाजिक फीड- जनकपुरधाम, माघ १६ गते सरकारले नेपाल प्रहरीसम्बन्धी कानुन संशोधन तथा एकीकरण गर्न तयार पारेको नयाँ विधेयक प्रतिनिधिसभामा दर्ता गरेको छ। गृहमन्त्री रमेश लेखकले गत मंगलबार विधेयक संसद्मा दर्ता गराएका हुन्। यस विधेयकमा ३० वर्षे सेवा अवधि हटाइएकै छ। साथै, प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदका लागि आवेदन दिन सकिने उमेर सीमा २१-२७ वर्ष पुर्‍याइएको छ। […]

क्यानडामा रोजगारीको प्रलोभन बाबुछोरा ठगी, पाँच जना पक्राउ

सामाजिक फीड-माघ १६ गते – जनकपुरधाम विराटनगर महानगरपालिका–११ का महेशकुमार चौधरी र उनका छोरा युपेशकुमार चौधरी क्यानडामा रोजगारीको अवसर भन्दै सामाजिक सञ्जालमा राखिएको विज्ञापनको भर पर्दा ६६ लाख ६७ हजार रुपैयाँ ठगीमा परेका छन्। सामाजिक सञ्जालमार्फत जोडिएको गिरोहले क्यानडा पठाइदिने आश्वासन दिएर उनीहरूबाट रकम ठगी गरेको थियो। ठगिएको थाहा पाएपछि बाबुछोराले प्रहरीमा उजुरी दिए, जसपछि […]

जनकपुरमा स्कूल बस दुर्घटना: चार विद्यार्थी घाइते

सामाजिक फीड-माघ १६ गते – जनकपुरधाम जनकपुरधामबाट मिथिलाबिहारी नगरपालिकाको तारापट्टीतर्फ विद्यार्थी लिन जाँदै गरेको एजुकेशन प्वान्ट स्कूलको बस बुधबार बिहान दुर्घटनामा परेको छ। बाक्लो हुस्सु र तीव्र गतिका कारण बस सडकबाट अनियन्त्रित भई खेतमा पल्टिएको स्थानीयले बताएका छन्। धनुषा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बरुण बहादुर सिंहका अनुसार दुर्घटनामा चार विद्यार्थी घाइते भएका छन्। घाइतेमध्ये एकको […]

विवाहको उमेर १८ वर्ष झार्ने सुझावले बालबालिकाको अधिकारमा चुनौती

सामाजिक फीड – जनकपुरधाम, माघ १५ । मुलुकी देवानी संहिता २०७४ को दफा ७० को उपदफा १(घ) अनुसार नेपालमा विवाहको न्यूनतम उमेर २० वर्ष तोकिएको छ। तर, मिति २०८१-१०-०२ गते बसेको प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समिति अन्तर्गतको उपसमितिले विवाहको उमेर १८ वर्षमा झार्ने सिफारिस गरेको छ। यसले महिला, बालबालिका, र बुद्धिजीवी वर्गमा […]

दुर्गानन्द झाको स्मृतिमा श्रद्धांजलि सभा सम्पन्न

सामाजिक फीड – जनकपुरधाम, माघ १५ नेपाली कांग्रेसका नेता दुर्गानन्द झाको स्मृतिमा धनुषाको नगराइन नगरपालिका-९, जटहीस्थित उनको स्मारकमा श्रद्धांजलि सभा सम्पन्न भएको छ। २०१८ साल माघ ९ गते तत्कालीन राजा महेन्द्रमाथि बम प्रहार गरेको आरोपमा मृत्युदण्ड दिइएका झाले २०७२ सालमा नेपाल सरकारले शहीद घोषणा गरेका थिए। नेपाली कांग्रेस धनुषाका जिल्ला अध्यक्ष योगेन्द्र पंजियारको अध्यक्षता र […]

शहीद दुर्गानन्द झाको बलिदानको स्मरण गर्दै ६१औं बलिदानी दिवस मनाइयो

सामाजिक फीड – जनकपुरधाम, माघ १५ । गणतन्त्रका प्रथम शहीद दुर्गानन्द झाको ६१औं बलिदानी दिवस आज जनकपुरधाममा विभिन्न कार्यक्रम गरी मनाइएको छ। राजा महेन्द्रमाथि बम प्रहार गरी निरंकुश शासनविरुद्ध आवाज उठाएका दुर्गानन्द झाको योगदानको सम्झनामा संघसंस्थाहरूले विविध कार्यक्रमको आयोजना गरेका हुन्। दिवसको अवसरमा झाको जन्मथलो धनुषाको जटहीस्थित शालिकमा स्थानीय युवाहरूले माल्यार्पण गरेका छन्। नेपाली कांग्रेसका […]

प्लास्टिक संकलन र परिवारप्रतिको समर्पण डोमरी देवीको दिनचर्या

समाजिक फिड – जनकपुरधाम, माघ १४ l डोमरी देवी, मधेश प्रदेशको राजधानी जनकपुरधाममा बस्ने एक गरीब महिला हुन्। बिहान झिसमिसे उज्यालोमा उठेर एक कप चिया खाएर हँसिलो अनुहारसहित आफ्नो दिन सुरु गर्ने उनीसँग जीवनयापनका लागि सजिलो विकल्प थिएन। श्रीमानसँगै बस्ने भए पनि उनको परिवारको आर्थिक अवस्था निकै कमजोर छ। श्रीमान अशक्त भएकाले घरको पालनपोषणको सम्पूर्ण […]

नेपालमा यूएसएडका चार परियोजना ९० दिनका लागि स्थगित

सामाजिक फीड-माघ १४ गते – जनकपुरधाम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वैदेशिक सहायता ९० दिनका लागि स्थगित गर्न आदेश दिएपछि नेपालमा यूएसएडअन्तर्गत सञ्चालित चार परियोजना रोकिएका छन्। यूएसएडका प्रवक्ता महेश भट्टराईले विज्ञप्ति जारी गर्दै हेल्थ डाइरेक्ट फाइनान्सिङ, एग्रिकल्चर, एजुकेसन, र समावेशी नीति परियोजना ९० दिनका लागि स्थगित भएको जनाएका छन्। यूएसएडले यो अवधिमा कुनै नयाँ दायित्व […]