Samajik Feed – News Portal from Nepal

काठमाडौँमा वुमेन अफ द वर्ल्ड (वाउ) महोत्सव: लैङ्गिक समानताको दिशामा नयाँ कदम

सामाजिक फीड, जनकपुरधाम,६ मंसिर २०८१, बिहिवार काठमाडौँको नक्साल नन्दीकेशर वगैँचा (नारायण चौर) मा मंसिर ८ र ९ गते वुमेन अफ द वर्ल्ड (वाउ), को सातौँ संस्करण आयोजना हुँदैछ । महिला र बालिकाहरुले भोगिरहेका समस्या समाधान गर्न आपसी सिकाइ र भोगाइबाट उपाय खोज्ने प्रयास यसको मुख्य ध्येय हो । लैङ्गि उत्तरदायी समाज निर्माण गर्न सार्वजनिक सरोकारको […]

संकटमा परम्परागत सिलौटा र जाँतो बनाउने कला

सामाजिक फीड, जनकपुरधाम,५ मंसिर २०८१, बुधवार मधेशमा परम्परागत कुटानी-पिसानी गर्ने उपकरण निर्माण गर्ने पत्थरकट्टाको पुख्र्यौली पेशा अहिले संकटमा परेको छ। आधुनिक प्रविधिको आगमनले सिलौटा, जाँतो, लोहोरा, र ओखलजस्ता उपकरणलाई विस्थापन गर्दै आएको छ। यसले दशकौंदेखि यो काममा आबद्ध थबई जातिका पेशाकर्मीहरूको जीवनयापनमा गम्भीर प्रभाव पारेको छ। जनकपुरधामको पेठिया बजारमा ४० वर्षदेखि सिलौटा र जाँतो बनाउँदै […]

ढल्केबरमा न्यायपूर्ण जलवायु वित्तको माग गर्दै जनप्रदर्शन

janakpurdham

सामाजिक फीड, जनकपुरधाम, ४ मंसिर २०८१, मंगलवार अजरबैजानको बकुमा भइरहेको सिओपी २९ ग्लोबल डे अफ एक्सन २०२४ को अवसरमा शनिबार ढल्केबरमा न्यायपूर्ण जलवायु वित्तको ७ बुँदे माग गर्दै जनप्रदर्शन गरिएको हो । मिथिला नगरपालिकाकी उप-प्रमुख सुनिता बुढाथोकी  र मधेश प्रदेश संसद  हरि नारायण महतोको प्रमुख आतिथ्यता र दुइ जना जलवायु र दिगो विकास क्षेत्रका बिज्ञ […]

छठ पूजाको सम्पूर्ण कार्यक्रमको तिथिहरू यसप्रकार छन्

सामाजिक फीड-जनकपुरधाम, कार्तिक २० गते। छठ पूजाको सम्पूर्ण कार्यक्रमको तिथिहरू यसप्रकार छन्: यो कार्यक्रमले छठ पर्वको सम्पूर्ण विधिलाई सूक्ष्म रूपमा प्रस्तुत गर्छ, जसमा व्रतीहरूले श्रद्धा र नियमपूर्वक पूजा गर्छन्।

जनकपुरधाममा फिल्मी शैलीमा २ लाख ३५ हजारको ठगी, युवक फरार

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १३ गते। जनकपुरधामस्थित पीडारीचोकमा रहेको एस.आर. इन्टरनेशनल नामक पसलबाट फिल्मी शैलीमा दुई लाख ३५ हजार बराबरको सामग्री ठगी गरी एक युवक फरार भएका छन्। पसलका सञ्चालक रामचन्द्र पँजियार (करण) का अनुसार मधेश प्रदेश, पर्सा जिल्लाका विकास साह नामक युवकले छ वटा ब्याट्री र एउटा अनलाइन यूपिएस लिएर ठगी गरेको आरोप छ। सोमबार, […]

तिहार पर्व शुरु, आज धनतेरस मनाइदै

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १३ गते। आज हिन्दुहरूको दोस्रो महान् चाड तिहारको पहिलो दिन । आज हिन्दूधर्मावलम्वीले धनतेरस पर्व मनाउँदै छन् । यस दिन विशेष रूपमा भगवान् धन्वन्तरीको पूजा आराधना गरिन्छ साथै धनका देवता कुवेर तथा लक्ष्मीको पनि पूजा आराधना गरिन्छ । कात्तिक कृष्ण त्रयोदशीमा मनाइने धनतेरस पर्वको दिनलाई कुबेरको दिनका रुपमा पनि मानिन्छ । धन […]

सिरहामा आफ्नै साथीको क्रुर हत्या: पाँचजना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, कार्तिक ६ गते। सिरहा जिल्लाको गोलबजार नगरपालिका वडा नं. १३ डंगराहा टोलमा आफ्नै साथीको हत्या गरेको आरोपमा पाँचजना पक्राउ परेका छन्। मृतक कृष्ण कुमार महरा दुर्गा मेला हेर्न गएका बेला साथीहरूबीच विवाद हुँदा नशालु पदार्थको सेवनपछि हत्या गरिएको खुलासा भएको छ। मिति २०८१ असोज २७ गते राति, मृतक महरा र उनका साथीहरू मोहमद […]

भारतको राजस्थानमा बस र अटो ठोक्किँदा आठ बालबालिकासहित १२ जनाको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, कार्तिक ४ गते। भारतको राजस्थानको ढोलपुरस्थित राष्ट्रिय राजमार्ग ११–बी मा शनिबार राति भएको सवारी दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आठ बालबालिका पनि रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । दुर्घटनामा घाइते दुई जनाको उपचार भइरहेको बताइएको छ । शनिबार राति जयपुर जाँदै गरेको बस र अटोबीच ठक्कर हुदा सो […]

जनकपुरधाममा कोजाग्रत पूर्णिमा भव्य रुपमा मनाइँदै, जानकी मन्दिरमा पुरानो परम्परागत ‘भार’ चढाइयो

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १ गते। जनकपुरधामसहित मिथिलाञ्चलमा आज कोजाग्रत पूर्णिमा भव्य रूपमा मनाइँदै छ। यो पर्वमा धार्मिक र सांस्कृतिक परम्पराहरूलाई विशेष महत्व दिइन्छ। महोत्तरीको रतौलीबाट जानकी मन्दिरसम्म १ सय १ भार (धार्मिक सामग्री) ल्याउने पुरानो परम्परा यस वर्ष पनि निरन्तरता दिइएको छ। यो भारमा भगवान सीतारामका लागि पान, मखान, लड्डु, खाजा, चामल, दाल, तरकारी, र […]

महोत्तरीको सोनामाईमा आजदेखि भुत मेला सुरु

रासस-महोत्तरी, असोज २३ गते । महोत्तरीको सोनामाई मन्दिरमा आजदेखि भूतमेला सुरु भएको छ । अनादिकालदेखि नै बडादसैँका बेला औरही नगरपालिका–७ अवस्थित सोनामाई शक्तिपीठमा भूतमेला लाग्ने सोनामाईका पूजारी कामेश्वर झाले बताए । परापूर्वकालदेखि नै भूतमेलाका लागि प्रख्यातसोनामाई मन्दिरमा हरेक वर्ष वडादसैँको सप्तमीदेखि लाग्ने मेला यस वर्ष आज बिहानैदेखि सुरु भएको अर्का पूजारी घनश्याम झाले बताए। बडादसैँको […]

error: Content is protected !!