आज ऋषिपञ्चमी, सप्त ऋषिको पूजा आराधना गरी मनाइँदै
सामाजिक फीड जनकपुरधाम,भाद्र २३ ऋषिपञ्चमी पर्व आइतबार नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दत्तिउनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन्। […]
निर्मला प्रकरणको सुक्ष्म रुपमा अनुसन्धान हुन्छ- गृहमन्त्री लेखक
सामाजिक फीड जनकपुरधाम,भाद्र २० गृहमन्त्री रमेश लेखकले निर्मला पन्त हत्या प्रकरणको सुक्ष्म रुपमा अनुसन्धान हुने बताएका छन । बिहिबार महेन्द्रनगरमा प्रेस युनियन कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्ममेलनमा बोल्दै उहाँले निर्मला पन्त हत्या प्रकरणलाई गम्भीरताका साथ लिएको बताए । “यो प्रकरण मैले गमभीरताका साथ लिएको छु यो घटनाको सुक्ष्म ढंगले अनुसन्धान हुन्छ ।” उनले भने । […]
गरुडाका मेयर द्वारा धर्मशालाको निर्माण गर्न ५ लाख दिने प्रतवद्धता
सामाजिक फीड जनकपुरधाम,भाद्र १८ रौतहटको मध्यभाग गरुडा नगरपालिकाको मेयर कन्थमणि जैसवालले कानु धर्मशालाको निर्माण कार्य पूरा गर्न ५ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । गरुडा ५ शिवनगर धाममा कानु समाजको कुल देवता बाबा गणिनाथ गोविन्द महाराजको बार्षिक पुजामा सहभागी भई आशिर्वाद ग्रहण पश्चात मेयर जैसवालले उक्त प्रतिवद्धता जनाएका हुन् । शिवनगर स्थित सोहि […]
अमेरिकामा नेपाली युवतीको गोली हानी हत्या
सामाजिक फीड जनकपुरधाम, भाद्र १२ अमेरिकामा एक नेपाली युवतीको गोली हानी हत्या गरिएको छ । अमेरिकाको टेक्सास राज्यको ह्युस्टनस्थित अपार्टमेण्टमा नेपाली विद्यार्थी मुना पाण्डेको गोली हानेर हत्या गरिएको हो । पाण्डेलाई हत्याराले उनको कोठाभित्रै पुगेर गोली हानेको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको बताइएको छ । मुनाको अपार्टमेण्टमा उनी आफैँले राखेको सर्भिलेन्स क्यामेराका भिडियो फुटेजहरू प्रहरीले […]
१० लाख रकमको लोभमा भारत लगेर नेपाली युवाको मिर्गौला झिकेपछि
सामाजिक फीड जनकपुरधाम, भाद्र १२ मानव बेचबिखन गर्ने गिरोहले एक जना नेपालीलाई भारत पुर्याएर मिर्गौला झिकेको तथ्य खुलेको छ। ३२ वर्षीय एक युवालाई गिरोहले भारतको कलकत्ता पुर्याएर उनको मिर्गौला झिकेको हो। मानव बेचबिखन तथा ओसारपसार ब्युरोको टोलीले यस कार्यमा संलग्न दुई जनालाई पक्राउ गरेपछि यस सम्बन्धी प्रारम्भिक जानकारी प्राप्त भएका छन्। ब्युरो प्रमुख प्रहरी वरिष्ठ […]
जबरजस्ती करणी गरेको अभियोगमा ६ जना पक्राउ
सामाजिक फीड जनकपुरधाम, भाद्र ८ १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ६ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा अर्जुनधारा नगरपालिका-९ बस्ने १९ वर्षीय अनिश लिम्बु, सोही नगरपालिका-८ बस्ने ३४ वर्षीय सरोज राई, २५ वर्षीय केशव मगर, १९ वर्षीय सुनिल राजवंशी, १९ वर्षीय सुदिप श्रेष्ठ र १९ वर्षीय सुजन डाँगी रहेका […]
श्रीमतीको हत्या गरेको अभियोगमा प्रक्राउ
सामाजिक फीड जनकपुरधाम, भाद्र ५ आफ्नै श्रीमती ३० वर्षीया रन्जना गौतम अधिकारीको हत्या गरेको अभियोगमा शिवसताक्षी नगरपालिका-८ शिवालय टोल बस्ने ४७ वर्षीय ओम प्रकाश अधिकारीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । ओम प्रकाशले घरायसी बिवादको कारण खुकुरी प्रहार गर्दा रन्जनाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले ओम […]
बाढी, पहिरो लगायतका विपद्मा परी हालसम्म १९३ जनाको मृत्यु
सामाजिक फीड जनकपुरधाम, भाद्र ५ अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी मंगलबार दिउँसोसम्म १ सय ९३ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २७ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ३४ जना, गण्डकी प्रदेशमा ५६ […]
जनै पूर्णिमा र रक्षाबन्धन आज देशभर धुमधामसँग मनाइँदै
सामाजिक फीड जनकपुरधाम, ३ भदौ २०८१, सोमवार जनकपुरधाम । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको […]
धनुषामा पानीमा डुबेर दुई बालिकाको मृत्यु
सामाजिक फीड– जनकपुरधाम, साउन ३२ गते । धनुषामा जलाद खोलाको पानीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ। मिथिला विहारी नगरपालिका ९ स्थित जलाद खोलामा ९ वर्षीया स्मृति यादव र लक्ष्मीनिया गाउँपालिका ३ का १० वर्षीया संध्या यादवको मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए । डिएसपी अवाका अनुसार शुक्रबार दिउँसो नुहाउन गएका […]