Samajik Feed – News Portal from Nepal

भारतको श्रीनगरमा बन्धक बनाइएका १२० नेपाली मजदुरको कथा: ज्याला नदिई घर फर्काइयो

सामाजिक फीड-पुष २२ गते – जनकपुरधाम । सिरहाको गोलबजार नगरपालिका वडा नम्बर २ र ३ का एकसय २० जना दलित मुसहर समुदायका मजदुरलाई भारतको श्रीनगरमा आठ महिनासम्म बन्धक बनाइ काममा लगाएर कुनै ज्याला नदिइ घर फर्काइएको छ। उनीहरूलाई एक छाक खान दिएर १२–१४ घण्टासम्म कठोर श्रममा लगाइएको, मोबाइल खोसेर परिवारसँग सम्पर्कविहीन बनाइएको, र ज्याला तथा […]

नेपाल राष्ट्र बैंकद्वारा आजको विदेशी मुद्राको विनिमय दर सार्वजनिक

सामाजिक फीड-पुष २२ गते – जनकपुरधाम । नेपाल राष्ट्र बैंकले आज (२०७८ साल पौष २२) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले तोकेको दर अनुसार, अमेरिकी डलरलगायत केही विदेशी मुद्राको दर स्थिर रहेको छ भने युरोपियन युरो, युके पाउन्ड स्टर्लिङ, स्वीस फ्र्याङ्क, र डेनिस क्रोनरको दरमा वृद्धि भएको छ। यस्तै, क्यानेडियन […]

नेपालमा पहिलो पटक पाइपलाइनमार्फत पेट्रोल र मट्टीतेल आयात तयारी

सामाजिक फीड-जनकपुरधाम, पुष २१ गते । नेपालमा पहिलो पटक भारतको मोतिहारीबाट बारा अमलेखगञ्जसम्म पाइपलाइनमार्फत पेट्रोल र मट्टीतेल आयात गर्ने तयारी पूरा भएको छ। नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिका भट्टका अनुसार, संरचना निर्माण सम्पन्न भइसकेको छ र परीक्षणका विभिन्न चरणहरू जारी छन्। पाइपलाइनमार्फत पेट्रोल र मट्टीतेल आयात गरेपछि ढुवानी खर्चमा २.५ रुपैयाँको कमी आउने र […]

जनकपुरधाम रंगशालाका लागि १ अर्ब रुपैयाँ दिने मधेश प्रदेश सरकारको निर्णय

मधेश प्रदेशका मुख्यमन्त्री सतीस कुमार सिंह

सामाजिक फीड-जनकपुरधाम, पुष २१ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतीस कुमार सिंहले जनकपुरधाममा निर्माण हुन लागेको अन्तर्राष्ट्रिय बहुउद्देश्यीय रंगशालाका लागि प्रदेश सरकारले १ अर्ब रुपैयाँ विनियोजन गर्ने घोषणा गर्नुभएको छ। जनकपुरधाममा आइतबारदेखि सुरु भएको जय ट्रफी (एलिट कप) को उद्घाटन समारोहमा मुख्यमन्त्री सिंहले रंगशालाको डिटेल प्रोजेक्ट रिपोर्ट (डिपिआर) तयारको काम लगभग सकिएको जानकारी दिनुभयो। केही […]

भारतले अन्तरिक्षमा पठाएको बिउ चार दिनमै टुसायो

सामाजिक फीड-जनकपुरधाम, पुष २१ गते । भारतले अन्तरिक्षमा पठाएको काउलीको बिउमा चार दिनभित्र टुसा पलाएको छ। भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले यस विषयमा विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो। इसरोले सार्वजनिक गरेको तस्वीरमा काउलीको बिउमा टुसा पलाएको देख्न सकिन्छ, र चाँडै पात पलाउने अपेक्षा गरिएको छ। काउलीको यो बिउ इसरोले डिसेम्बर ३०, अर्थात् पुष १५ […]

संविधान परिमार्जनमा सुझाव दिन रास्वपाले बनायो कार्यदल

सामाजिक फीड-जनकपुरधाम, पुष २१ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन गरेको छ। शनिबारदेखि जारी केन्द्रीय समिति बैठकले संविधानमा आवश्यक संशोधनको सन्दर्भलाई मध्यनजर गर्दै कार्यदल गठन गर्ने निर्णय गरेको हो। पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार कार्यदलले सातै प्रदेशमा छलफल गर्नेछ। साथै, सम्बन्धित साझेदार र संविधानविद्हरूसँग […]

प्रतिकूल मौसमका कारण आन्तरिक हवाई उडान प्रभावित

सामाजिक फीड-जनकपुरधाम, पुष २१ गते । प्रतिकूल मौसमका कारण आन्तरिक हवाई उडान प्रभावित भएको छ। कमजोर ‘भिजीबिलिटी’ (दृश्यता) का कारण काठमाडौँ बाहिरका धेरैजसो विमानस्थलमा बिहानको उडान प्रभावित भएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजुअल फ्लाइट रुल्स (VFR) अनुसार उडान भइरहे पनि अन्य स्थानका विमानस्थलमा नियमित उडान हुन सकेन। विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार भद्रपुर, भरतपुर, पोखरा, […]

डेटिङ एपको दुरुपयोग गर्दै ७०० युवतीलाई ब्ल्याकमेल गर्ने व्यक्ति पक्राउ

सामाजिक फीड-पुष २१ गते – जनकपुरधाम भारतको दिल्लीमा २३ वर्षीय तुषारसिंह विष्टले डेटिङ एप र सामाजिक सञ्जालको दुरुपयोग गर्दै करिब ७०० युवतीलाई ब्ल्याकमेल गरेको खुलासा भएको छ। दिल्ली पुलिसको साइबर सेलले उनलाई पूर्वी दिल्लीको शकरपुरबाट पक्राउ गरेको छ। ब्ल्याकमेल गर्ने तरिका तुषारले भर्चुअल अन्तर्राष्ट्रिय मोबाइल नम्बर प्रयोग गरी स्न्यापच्याट, ह्वाट्सएप, र डेटिङ एप बम्बलमा नक्कली […]

जनकपुर र अयोध्याबीचको ऐतिहासिक सम्बन्धलाई पुनः सशक्त बनाउन रामायण काँन्क्लेव आयोजना

सामाजिक फीड-जनकपुरधाम,पुस ७ गते । नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाउनका लागि जनकपुरमा दुई दिवसीय अन्तर्राष्ट्रिय रामायण काँन्क्लेवको आयोजना गरिएको छ। यो काँन्क्लेव हिन्दुधर्मग्रन्थ रामायणका आधारमा त्रेता युगका राजा दशरथका छोरा राम र मिथिलाका राजा जनककी छोरी सीताको विवाहसम्बन्धको ऐतिहासिक अर्थलाई पुनः जीवित बनाउनका लागि आयोजना गरिएको हो। कार्यक्रमको उद्घाटन जनकी मन्दिरका उत्तराधिकारी महन्थ […]

नेपाली विद्यार्थी समूह ‘टिम उडान’ पहिलो पटक अन्तर्राष्ट्रिय रकेट प्रतिस्पर्धामा सहभागी हुने

सामाजिक फीड-जनकपुरधाम,पुस ७ गते । काठमाडौं विश्वविद्यालयका विद्यार्थी समूह ‘टिम उडान’ पहिलो पटक अमेरिकामा आयोजना हुने १८औं वार्षिक अन्तर्राष्ट्रिय रकेट इन्जिनियरिङ प्रतियोगिता (आईआरईसी २०२५) मा सहभागी हुने भएको छ। सन् २०२५ को जुन ९ देखि १४ सम्म हुने यस प्रतिष्ठित प्रतियोगितामा विश्वभरका १५० भन्दा बढी विश्वविद्यालय/कलेजका दुई हजारभन्दा बढी विद्यार्थीले प्रतिस्पर्धा गर्नेछन्। नेपालबाट पहिलो पटक सहभागी […]