Skip to main content

सामाजिक फीड-
जनकपुरधाम, माघ ६ गते ।

वैदेशिक रोजगार विभागका अनुसार साउनदेखि पुससम्म झन्डै चार लाख नेपाली वैदेशिक रोजगारीमा गएका छन्। सो अवधिमा तीन लाख ९३ हजार ६७ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएको विभागले जनाएको छ।

मंसिर महिनाको तुलनामा पुसमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या घटेको छ। मंसिरमा ८४ हजार २२६ जनाले श्रम स्वीकृति लिएकोमा पुसमा यो सङ्ख्या ६७ हजार दुई सय ५८ मा झरेको छ, जसमा झन्डै १७ हजारको कमी आएको हो।

पुस महिनामा म्यानपावर कम्पनीमार्फत २९ हजार तीन सय १६ जना, नयाँ व्यक्तिगत श्रम स्वीकृतिमा १० हजार ८५ जना तथा श्रम स्वीकृति नवीकरणमार्फत २७ हजार दुई सय ३ जना वैदेशिक रोजगारीमा गएका छन्।

यस्तै, सरकारले पठाउने दक्षिण कोरिया र इजरायलका लागि ६ सय ५५ जनाको श्रम स्वीकृति भएको छ। सबैभन्दा धेरै नेपाली कामदार यूएई, त्यसपछि साउदी अरेबिया र कतार जाने गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *