सामाजिक फीड-
माघ ४ गते – जनकपुरधाम।
जनता समाजवादी पार्टी नेपाल निकट समाजवादी विद्यार्थी युनियन, नेपाल र समाजवादी युवा संघ, नेपालको संयुक्त आयोजनामा जनकपुरधाम-१४ स्थित शहिदगेटमा शहिदहरुको शालिकहरुको बृहत सरसफाई गरिएको छ।
उक्त सरसफाई कार्यक्रम जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-१४ का अध्यक्ष पुण्यप्रसाद यादवको विशेष पहल र सहयोगमा सम्पन्न भएको हो। कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका सम्पूर्ण सरसफाई कर्मचारी, पानी ट्यांकी, र बारुण यन्त्रको समेत सहयोग गरिएको थियो।
कार्यक्रमको नेतृत्व विद्यार्थी जिल्ला अध्यक्ष रामभगत यादवले गरेका थिए। जसमा जसपा नेपालका केन्द्रिय सदस्य लालकिशोर साह, जितेन्द्र यादव, जिल्ला अध्यक्ष पशुपति यादव, विद्यार्थी नेता विकास यादव, बलिराम कापरी, रामकुमार साह, किशन यादव, रोहित यादव, धिरु यादव लगायत अन्य पार्टी नेता, कार्यकर्ता, विद्यार्थी, युवा, र स्थानीय नागरिकहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रमका क्रममा विद्यार्थी जिल्ला अध्यक्ष यादवले जानकारी दिएअनुसार माघ ५ गते शहिदगेटमा शहिदहरुको शालिकमा माल्यार्पण तथा जनकपुरधामको रमेश चौकमा साझ ४:०० बजे दीपप्रज्वलन गरी श्रद्धाञ्जली सभा आयोजना गरिनेछ।